११ जेष्ठ २०८३, सोमबार

प्रहरीका एआईजीहरूको सरुवा
  • न्युज मानसराेवर

बाँके\नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरुको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएको स्रोतले जनायो।यसअघि त्यहाँ रहेका श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ । त्यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ।दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मिरा चौधरी सरुवा भएकी छन् । मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ ।

  • २ भाद्र २०८०, शनिबार प्रकाशित

  • Nabintech