११ जेष्ठ २०८३, सोमबार

एमाले लुम्बिनीको बन्द सत्रमा प्रतिवेदन पास भएसँगै नेतृत्व चयन प्रक्रियामा जाने
  • न्युज मानसराेवर

बुटवल\नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनको बन्द सत्र शनिवार राती नै सुरु भएको छ । निर्धारित समयभन्दा ढिलो सकिएको उद्घाटन सत्रपछि साँझ ६ बजे बन्द सत्र शुरु भएको थियो । पहिलो दिनको बन्द सत्रका प्रदेश कमिटीको तर्फबाट तयार भएको प्रतिवेदन पेश भएको छ भने अध्यक्ष मण्डलको गठन भएको छ ।

प्रदेश प्रचार विभागका अध्यक्ष डिआर घिमिरेका अनुसार शनिवार प्रतिवेदन पेश भएपछि पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालको संयोजकत्वमा अध्यक्ष मण्डलको गठन भएको छ ।

अध्यक्ष मण्डलमा स्थायी कमिटीबाट काशिराज अधिकारी, दलबहादुर राना पोलिटब्यूरो सदस्यबाट सूर्य थापा, नरुलाल चौधरी, शान्ता चौधरी केन्द्रीय सदस्यबाट साबित्रा अर्याल र सरिता खनाल सदस्य रहेका छन् ।

आज पेश भएको प्रतिवेदनमाथि आइतबार पहिलो चरणमा समूहगत छलफलपछि पास गरिने र बल्ल निर्वाचन प्रक्रियामा अगाडि बढ्ने कार्यक्रम रहेको छ।नयाँ नेतृत्वको लागि अध्यक्षमा सहमति खोज्ने शीर्ष नेतृत्वको संकेतपछि अन्य पदमा आकांक्षी समेत अलमलमा परेका छन् ।

अध्यक्ष पदका आकांक्षी रहेका अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाललाई सहमति बनाउन शनिवार रातिसम्म शीर्ष नेताहरूले पहल थालेपनि कुनै निष्कर्षमा पुगेको छैन।अध्यक्ष केपी ओलीले शनिवार नै मुख्य नेताहरू बसेर टुंगो लगाउन निर्देशन दिइसकेका छन् ।

  • १७ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech