९ बैशाख २०८२, मंगलवार

कोहलपुरमा पन्ध्रौं विश्व गिद्ध संरक्षण दिवस मनाइयो
  • न्युज मानसराेवर

बाँके\१५ औं विश्व गिद्ध संरक्षण दिवसका अवसरमा आज गिद्ध जोगाउन चेतनामूलक अन्तरक्रिया  कार्यक्रम कोहलपुरमा सम्पन्न गरिएको छ। इन्रुडेक बाँकेको आयोजनामा आज उक्त अन्तरक्रिया कार्यक्रम  बाँके राष्ट्रिय निकुञ्जमा  सम्पन्न  गरिएको हो ।

कार्यक्रममा विश्व गिद्ध संरक्षण दिवसको शुरुवात र नेपालले अबलम्बन गरेका नीति तथा सचेतामूलक कार्यक्रम बारे जानकारी गराइएको थियो । हाल  गिद्ध संरक्षण दिवस नेपालका साथै संसारभर मनाइँदै आइरहेका छ। गिद्ध संरक्षणको अभियान   दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवस विकसित भई सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।

गिद्ध आफैँले शिकार नगरी केवल मरेका प्राणीको सिनोमात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको ठूलो भूमिका छ । एउटा गिद्धले औसत एक वर्षमा कम्तीमा १२० किलो सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्ने बताइन्छ ।

गिद्ध आफ्नो आहारा खोजी गर्न सयौं किलोमिटरसम्म उड्न सक्दछ । गिद्धलाई प्रकृतिको कुचिकार पनि भनिन्छ । नेपालले गिद्ध संरक्षणका  चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरी विभिन्न संस्थाको सहयोगमा वासस्थान संरक्षणसमेत गर्दै आएको छ । सन् १९९० को दशकसम्म नेपालसहित दक्षिण एशियामा उल्लेख्य पाइने गिद्धको संख्या अहिले घटेर लोपोन्मुख अवस्थामा पुगेको छ ।

नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानमा गरिएको वैज्ञानिक अनुसन्धानले गिद्धको संख्यामा कमी आउनुको कारण पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक’ औषधि भएको पुष्टि भएको छ । २०६३ सालदेखि सरकारले यो औषधि  प्रयोगमा प्रतिबन्ध पनि लगाएको छ ।

विश्वमा २३ प्रजातिका गिद्ध पाइनेमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये डङ्गर, सानो खैरो र लामो ठूँडे गिद्ध अति सङ्कटापन्न अवस्थामा
छन् । लोपोन्मुख गिद्ध बचाउने उद्देश्यले नेपालमा सन् २००६ मा नवलपरासीको पिठौलीमा समुदायद्वारा सञ्चालन गरिएको विश्वकै पहिलो ‘जटायु रेस्टुरेन्ट’ स्थापना गरिएको   कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले गिद्ध जोगाउन स्थानीय सरकारले गिद्धका बासस्थानहरुको निम्ति वातावरण निमार्ण गर्नाका लागि आवश्यक सचेता गर्ने उल्लेख गरेका छन।

आचार्यले गिद्ध संरक्षणका लागि बजेट विनियोजन नगरेतापनि वातावरण र पर्यावरण सामुदायिक वन र जिल्ला वन लगाएत विभिन्न संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्दै आएको बताए । उनले मावन सभ्याताको विकास संगै पंछि , जीव सबै स्थानधारी जनावरहरुको संरक्षण गर्न सबै पक्षहरुको सहकार्य र समन्वयन आवश्यक पर्ने बताएका छन।

कार्यक्रममा जिल्ला वन कार्यालयका रेन्जर दिप बहादुर शाही कोहलपुर पशु विकास शाखा प्रमुख गोविन्द रोकाय,तराई भूपरिधि आयोजनाका लक्षमण प्रसाद पौडेल, कोहलपुर नगरपालिका वातावरण शाखा प्रमुख नविन पौडेल स्थानीय पत्रकार भेटनरी व्यवसायी स्थानीय पत्रकारहरुको सहभागिता रहेको थियो ।

सचेतना मूलक अन्तरक्रिया कार्यक्रमको स्वागत मतव्य इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले गरेका थिए भने कार्यक्रमको समापन उत्तम कुमार चौधरीले गरेका थिए ।

  • १९ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech