९ बैशाख २०८२, मंगलवार

लुम्बिनीमा निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २१ गते बस्ने भएको छ। प्रदेशसभाले सोमबार सूचना जारी गरी आगामी बैठक  बिहीबार १२ बजे बस्ने जनाएको हो । करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो ।

प्रदेश सरकारले आगामी बस्ने प्रदेश सभाको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’को पारित गर्ने तयारी गरेको छ।यसअघि बिधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो ।

  • १९ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech