१२ श्रावण २०८१, शनिबार

सातै प्रदेशमा माध्यमिक अंग्रेजी शिक्षकको नतिजा प्रकाशित
  • न्युज मानसराेवर

बाँके\शिक्षक सेवा आयोगले माध्यमिक तहको अंग्रेजी शिक्षकका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले लिखित (सामान्य तथा विषयगत) परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो। शिक्षक पदको परीक्षा गत चैत्र १८ गते र असार ९ गते लिइएको थियो।

आयोगले सातै प्रदेशको परीक्षाफल प्रकाशित गरेको छ। सफल उम्मेदवारहरू असोज १८, १९ र २० गते शिक्षक सेवा आयोग सानो ठिमी भक्तपुरमा हुने अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। नेपाली र केही ऐच्छिक विषयको लिखित परीक्षाको नतिजा भने आयोगले यसअघि नै प्रकाशित गरिसकेको छ।

 

  • २१ भाद्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech