११ जेष्ठ २०८३, सोमबार

समता स्कुलले संचालनमा ल्यायो नर्सिङ सेवा
  • न्युज मानसराेवर

कोहलपुर \समता स्कुलले  स्टाफ नर्स सेवा संञ्चालनमा ल्याएको छ ।  बाँकेको कोहलपुर ११ मा २०७३ सालमा स्थापना गरिएको  समता स्कुलले  सबै कक्षाहरुमा न्यूनतम शुल्कमा  अध्यापन गराउदै आएको विद्यालयले नर्सिङ सेवा समेत  विस्तार गरेको हो।

उक्त सेवा बाट मासिक रुपमा अभिभावहरुको स्वास्थ्य समेत परिक्षण गरिने छ’ विद्यालय संचालक रबि रोकायाले जानकारी गराएका छन। आज हामी खुसी छौँ,आज बाट स्कुलमा नर्सिङ सेवा विस्तार गरेका छौँ ‘  रोकायाले भनेका छन।

स्कुल नर्स सेवा बाट विद्यालयमा धेरै राम्रो प्रभाव देखिएको विद्यालय प्र.अ लक्ष्मी पौडेलले बताईन । प्रत्येक शुक्रबाट नानी बाबुहरुको आधारभूत स्वास्थ्य सेवा मार्फत तौल नाप ,अक्सिजनको मात्रा ,पेसर ,जरो लगाएत परिक्षण सहित महिनाको एक दिन सम्पूर्ण अभिभावहरुको समेत स्वाथ्य परिक्षण गरिने विद्यालयले जनाएको छ ।

मासिक शुल्क एक सयमा अध्यापन गराउदै आइरहेको उक्त विद्यालयले कोराना संक्रमण पश्चात अभिभावक भेला मार्फत  सम्पूर्ण कक्षाको लागि समान तथा न्यूनतम शुल्कमा पठनपाठन गराइरहेका छौँ विद्यालय इन्चार्ज मिरा चन्द्रले जानकारी गराइन। यसरी सबै कक्षामा न्यूनतम शुल्क लिने विद्यालय नेपालको एक मात्र विद्यालय समता हो उनले भनिन ।

विद्यालयमा हाल कप्यूटर ल्याब,अडियो भिडियो , प्रोजेक्ट वर्क , समाचार वाचन , बाद विवाद प्रतियोगिता, दृश्य अवलोकन लगाएत अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको छ।समता स्कुल देशका ७७ जिल्ला सहित भारत, श्रीलंका,म्यानमार,बंलालेशमा संचालनमा  छ ।

 

  • २२ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech