११ बैशाख २०८२, बिहीबार

ग्यासको भाउ २१ सय १० पुग्यो
  • न्युज मानसराेवर

बाँके\खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँ बढेको छ । शनिबार राति १२ बजेदेखि लागु हुनेगरी आयल निगमले ग्यासको भाउ बढाएको हो । मूल्य बढेसँगै ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुगेको छ । दुई साताअघि पनि ग्यासको भाउ बढेको थियो ।

इन्डियन आयल कर्पोरेसनले शनिबार पठाएको मूल्य सूचीअनुसार निगमले पेट्रोल, डिजेल, मटीतेल, हवाई इन्धन (आन्तरिक), हवाई इन्धन (बाह्य) र एलपी ग्यासको मूल्य बढाएको हो ।

पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल/मटीतेल ६ रुपैयाँ बढेको छ । यसैगरी हयाई इन्धन (आन्तरिक) प्रतिलिटर ८ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर ६० डलर बढेको छ ।

समायोजनपछि निगमको डिपोदेखि किलोमिटरअनुसार पेट्रोल प्रतिलिटर १८०.५० रुपैयाँदेखि १८५ रुपैयाँसम्म पुगेको छ । यसैगरी डिजेल/मटीतेल १७०.५० देखि १७९ रुपैयाँसम्म पुगेको छ । हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रिय १.०९५ डलर पुगेको छ ।

  • १४ आश्विन २०८०, आईतवार प्रकाशित

  • Nabintech