२० मंसिर २०८१, बिहीबार

हिमाली गाउँपालिकाले शुरु गर्यो नि:शुल्क स्वास्थ्य शिविर
  • न्युज मानसराेवर

सुदुरपश्चिम डेक्स\ हिमाली गाउँपालिकामा आजबाट ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । हिमाली गाउँपालिकाको समन्वय तथा नेपालका साथी संस्था र मनमोहन मेमोरियल अस्पताल काठमाडौको प्राविधिक सहयोगमा उक्त शिविर संचालन गरिएको छ ।

शिविरमा स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी तथा नसारोग विशेषज्ञका साथै अन्य सम्पुर्ण जनरल रोगका विरामीको चेकजाँच र उपचारसंगै परामर्श सेवा सहित दिईने भएको छ । शिविर कात्तिक २४ गतेसम्म संचालन गरिने  स्वास्थ्य शाखाले जनाएको छ ।

शिविर संचालन कार्यक्रमको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले उद्घाटन गरेका छन । उद्घाटन गर्दै अध्यक्ष मल्लले गाउँपालिकाका  आम  नागरिकहरूको उपचारमा महत्वपूर्ण योगदान हुने विश्वासले शिविरको आयोजना गरिएको जानकारी गराएका छन।

आज  शिविरमा पहिलो दिन  ३ सय बढी जना नागरिकहरुले सेवा लिएको गाउँपालिकाका सूचना अधिकारी राजबहादुर भण्डारीले जानकारी गराएका छन। शिविरमा स्त्री रोग विशेषज्ञ, नसा तथा हाड जोर्नी रोग विशेषज्ञ, नाक कान घाटी रोग विशेषज्ञ, चर्म रोग विशेषज्ञ र जनरल फिजिसियनद्वारा चेकजाँच भईरहेको समेत  भण्डारीले भनेका छन।

  • २३ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech