कोहलपुर\ प्रेस चौतारी कोहलपुर नगर कमिटीले शुभ दिपावली ,छठ तथा नेपाल संबतका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
विभिन्न आस्थागत भातृय संगठनमा आवद्ध पत्रकार ,पत्रकार महासंघ बाँकेका पदाधिकारी राजनितिक दल समाजसेवि संघिय सांसद , प्रदेश सांसद लगाएतको सहभागितामा उक्त चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अनुशासन आयोग सदस्य विष्णु वेल्वासेले हरेक बर्ष पाँच हजार पाँच सय पच्पन्न रुपैया सहितको पत्रकारीता पुरस्कारको घोषणा गरेका छन।
पत्रकार महासंघ बाँकेको पुर्व सहसचिव तथा प्रेस चौतारी केन्द्रिय अनुशासन आयोगका सदस्य विष्णु प्रसाद वेल्वासेले आफना स्वर्गिय पिता दुर्गा प्रसाद वेल्वासेको स्मृतीमा कोहलपुर क्षेत्रमा क्रियाशिल पत्रकारहरुको हौसला बढाउने उद्धेश्यका साथ प्रत्यक बर्ष मंशिर ५ गते एकजनालाई प्रदान गर्ने गरि स्वा. दुर्गा स्मृती पत्रकारीता पुरस्कार घोषणा गरेका गरेका हुन।
शुभकामना आदान प्रदान कार्यक्रम तथा चियापान कार्यक्रममा बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य प्रसाद ढकालले अहिले देशमा अर्थतन्त्र शिथिल भएको, उद्योग कल कारखाना बन्द रहेको विदेशि सहयोग ठप्प भएको र देश चलायमान हुन नसकेको भन्दै समाजलाई हामीले अराजकताको दिशाबाट जोगाउने समाजलाई सकारात्मक सन्देश आउने खालका कुराहरु सञ्चारकर्मिहरुले प्रवाह गर्नुपर्ने बेला आएको औंल्याए ।
ढकालले कोहलपुरको अर्थराजनितीलाई प्रभाव पार्ने परियोजनाहरु चप्परगौंरी घुईयावारी सडक खण्ड, कोहलपुर रिङरोड, कोहलपुर कर्भट हल, अन्तराष्ट्रिय क्रिकेट मैदान, बाल अस्पताल जस्ता परियोजनाहरु भएको उल्लेख गर्दै जन प्रतिनिधिहरुलाई जवरजस्त रुपमा ति परियोजनाहरुमा लाग्न जनस्तरबाट खबरदारि समेत रहेको जिकिर समेत गरेका छन।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एबं पुर्व वन तथा वातावरण मन्त्रि दुर्गा प्रसाद चौधरीले देशमा निराशा छाएको छ, भौतिक विकास र सुख सयल भएपनि हामी नेपाली किन सन्तुष्ट हुन सकेका छैनौ भन्दै कुरा भन्दा काम गरौं, जति सकिन्छ त्यती बोलौं समयको सदुपयोग गरौं भन्ने सन्देश समेत सवैमाझ जानु आजको आबश्यकता भएको औंल्याए ।
हाम्रा पुर्खाहरु जे थियो त्यस्मा सन्तुष्ट थिए तर हामीहरु किन असन्तुटिमा रुमलिरहेका छौं भन्दै पुर्व वन तथा वातावरण मन्त्रि चौधरीले आम नागरिकहरुलाई अव उत्पादन संग जोडिन आग्रह गरे । युवा नेता युवा नेता अर्जुन जंग शाहले सुरक्षाका दृष्टिले पत्रकारीता क्षेत्र निकै संबेदनशिल भएको उल्लेख गर्दै एकले अर्कोलाई सहयोग र सदभावका साथ समाजको सकारात्मक दिशा बदल्ने अभियानमा लाग्न आम संचारकर्मिहरुलाई आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टि कोहलपुर नगर समितीका सभापति भरत पनेरुले अहिले निर्वाचित जनप्रतिनिधिहरु फेल हुने अधिकार नभएको भन्दै खवरदारि र विकासमा सञ्चारकर्मिहरुको अहम भुमिका रहेको उल्लेख गरे । प्रेस चौतारी नगर कमिटीका अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो ।