बाँके\बाँके प्रहरीले एक व्यक्तिलाई गोली हानी नियन्त्रणमा लिएको छ ।
कोहलपुर नगरपालिका –११ का आकासजङ्ग शाहलाई शुक्रबार बाँकेको खजुरा गाउँपालिका –४ बाट गोली हानी नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन।
शाहलाई नियन्त्रणमा लिन खोज्दा भागेका हुनाले उनलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको डिएसपी डाँगीले जानकारी गराएका छन।
शाहले कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय कृष्ण भनिने मिनबहादुर विकलाई बिहीबार बिहान साढे ३ बजेको समयमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । विकको नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउ लगिएको प्रहरीले जनाएको छ ।