११ बैशाख २०८२, बिहीबार

आठसय थान त्रिपालसहित भूकम्प पीडितलाई राहत प्रदान
  • न्युज मानसराेवर

बाँके\नेपाल प्लाइउड म्यानुफेक्चर एसोसिएसनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि ८०० थान त्रिपाल र २० रोल ओछ्याउने फोम जिल्ला प्रशासन कार्यालय बाँकेलाई प्रदान गरेको छ ।

जाडोको मौसम सुरु भइसकेको र कतै कतै पानी समेत पर्ने सम्भावनालाई दृष्टिगत गरेर अहिले भूकम्पपीडितलाई सबैभन्दा बढी आवश्यक त्रिपाल र ओछ्याउने सामग्री आवश्यक रहेको देखेर सो प्रदान गरिएको नेपाल प्लाइउड म्यानुफेक्चर एसोसिएसनका अध्यक्ष होमप्रसाद घिमिरेले जानकारी गराएका छन।

भत्किएका घर बाहिर खुला आकाशमुनि बसिरहेको तथा अझैसम्म धेरैले त्रिपाल नपाएको गुनासाहरू आइरहेकाले पीडितका ८०० परिवारलाई पुग्नेगरी ८०० थान त्रिपाल र जमिनमा ओछ्याउनका लागि २० रोल कालो मोटो फोम उपलब्ध गराइएको उनले भनेका छन।

राहत सामग्री बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले अहिले प्रभावित जिल्लामा त्रिपाल, फोम र अन्य न्यानो लुगाको आवश्यकता धेरै नै रहेकाले यो राहतले धेरै परिवारलाई सहयोग पुग्ने  विश्वास व्यक्त गरेका छन।

  • १ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech