२४ मंसिर २०८०, आईतवार

प्रदेश सरकारले दियो चार जिल्लामा बिदा
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्व समापनको अवसरमा सोमबार सार्वजनिक बिदा हुने भएको छ ।

२०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले गृहमन्त्री स्तरीय प्रस्तावबाट प्रदेश सरकारको निर्णयबाट सोमबार बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख गरेका छन् ।

  • २ मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech