१२ श्रावण २०८१, शनिबार

सञ्चारकर्मीको पहलमा बैजनाथका अपाङ्गता भएका दम्पतीलाई सहयोग
  • न्युज मानसराेवर

बैजनाथ\बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीका रामकृष्ण थारुको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।  शारीरिक रूपमा अपाङ्ग भएका रामकृष्णको परिवारलाई सञ्चारकर्मीको पहलमा खाद्यान्न लत्ताकपडा र बालबालिकाको पढाइका लागि आवश्यक नगद सहयोग हस्तान्तरण गरिएको हो ।

सञ्चारकर्मीको पहलमा रामकृष्णको परिवारलाई खजुरा गाउँपालिका –४ स्थायी घर भई हाल अमेरिकामा रहनुभएका लीलबहादुर थापाको आर्थिक सहयोगमा करिब ४० हजार रुपियाँ बराबरको लत्ताकपडा, खाद्यान्न, ह्विलचियर लगायतका सामग्री सहयोग उपलब्ध गराइएको हो ।

रामकृष्णको परिवारमा ७४ वर्षीय वृद्धा आमाले छोराबुहारी र नातिनातिनाको हेरचाह र संरक्षण गर्दै आएका छन।  यसैगरी सञ्चारकर्मी विश्वास सुवेदीले बालबालिकाको पढाइका लागि १० हजार रुपियाँ सहयोग गरेका छन।

रामकृष्ण र उनकी पत्नी लालमोहनी दुबैजना अपाङ्ग भएपछि घरखर्च चलाउन कठिन छ । तीनजना सन्तानको पढाइका लागि रकम अभाव
छ । रामकृष्णको दुई छोरी, एक छोरा र आमासहित ६ जनाको परिवार छ ।

  • १७ मंसिर २०८०, आईतवार प्रकाशित

  • Nabintech