बाँके\जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले बाँकेको एक सरकारी विद्यालयका विद्यार्थीलाई पढाएका छन।
जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले विद्यार्थीलाई पुस्तकको पाठ्यक्रमको पाठ नपढाएर लागूऔषध दुर्व्यवहार विरुद्धको सचेतनाको पाठ पढाएका हुन।
नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीस्थित धम्बोझी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले लागूऔषध दुर्व्यसन विरुद्धको चेतनामूलक प्रशिक्षण गराएका हुन।










