बैजनाथ\ बाँकेको बैजनाथ गाउँपालिकामा संचालित सामाजिक उधमी महिला सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरिएको छ।
बैजनाथ गाउँपालिकाका आर्थिक सहयोगमा गठित उधमी महिला सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न गरेको हो ।
साधारण सभाको प्रमुख अथिति बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले उद्पादनका क्षेत्रमा महिलाहरुको उर्जा सामाजिक रुपान्तरण गर्न महत्वपूर्ण रहेको बताए ।उनले महिलाहरुले उद्पादन गरेका बस्तुको बजारीकरण गर्नाका निम्ति आवश्यक पहल गाउँपालिकाले समेत गर्ने बताइन। उनले गाउँपालिकाले उपलब्ध गराएका शिपको उदेश्य अनुरुप कार्य गर्न समेत आग्रह गरेकी छन।
त्यसै गरी कार्यक्रममा बैजनाथ गाउँपालिकाका संस्थापक अध्यक्ष तथा कार्यक्रमका विशेष अथिति मान बहादुर रुचालले महिलाहरुको राजनिति ,सांस्कृति र आर्थिक सवलीकरण गर्नाका निम्ति गाउँपालिकाको आर्थिक सहयोगमा साना किसान जीवन स्तर माथी ल्याउन पशुजन्य बस्तुको उत्पादन तथा बजारीकण गर्नाका निम्ति कार्यक्रम संचालन गरिएको बताए । रुचालले भोलीका दिनका निर्वाचनबाट जनप्रतिनिधि जो कोही आउन सक्ने बताउदै संस्थागत रुपमा गरिएका निर्णयहरु कार्यान्वय गर्नु पर्ने धारणा राखे ।
बैजनाथ गाउँपालिका भित्र बसोबास गर्ने युवा जनशक्ति नै बैदेशिक रोजगारीमा आश्रित रहेको औल्याउदै गाउँपालिका भित्र रहेका महिलाहरुको आर्थिक रुपान्तरणसँगै सामाजिक दाहित्व र राजनिति शशक्तिकरण कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
उनले स्थानीय सरकार र सहकारी विच आवश्यक समन्वय र सहकार्य मार्फत सहकारीमा आवद्ध शेर सदस्य महिलाहरुको जीवन रुपान्तरण गर्नाका निम्ति आवश्यक नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्नु पर्ने धारणा समेत राखेका थिए ।
कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न.४ का वडा अध्यक्ष प्रेम बहादुर शाही, वडा नं.२ का वडा अध्यक्ष राजु रुचार जिल्ला सहकारी संघका प्रतिनिधि जिल्ला कृषि सहकारी संस्था एकता शाह सहकारी अभियान्ता शेर बहादुर बस्नेतले संस्थाको तेस्रो साधारण सभाको शुभकामना व्यक्त गरेका थिए । तेस्रो साधारण सभामा विभिन्न बुदाँमा समुहहरुलाई सम्मान समेत गरिएको थियो ।
सहकारीमा कूल एक हजार ६ सय ७५ शेर सदस्य रहेका छन। आर्थिक वर्ष २०७९।०८० मा सहकारीले १ करोड ३८ लाख , ७२ हजार ८ सय ५ रुपैया ५४ पैशाको कारोबार गरिएको आर्थिक प्रतिवेद प्रस्तुत गरिएको थियो । तेस्रो साधारण सभाको अध्यक्षता सहकारी संस्थाकी अध्यक्ष कमला थापा मगरले गरेकी थिइन ।