११ बैशाख २०८२, बिहीबार

हनि ट्र्र्यापमा पारेर १८ लाख असुल्ने तीन महिलालाई डेढ वर्ष कैद
  • न्युज मानसराेवर

बाँके\ कानून व्यवसायी पुरुषलाई हनि ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा धरौटीमा छुटेका घोराहीका तीन महिलालाई दाङ जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।

दाङका तत्कालीन प्रहरी प्रमुख, काविल प्रहरी अफिसर सुरेश काफ्लेले हनी ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा तीनजना महीलालाई मुद्दा चलाएका थिए ।होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिइ १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरीवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताए ।

जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले कानून व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीया सीतादेवी थापा १५ हजार रुपैँया, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई कैदसहित जनही १० हजार रुपैयाँ जरिवाना गर्ने अदालतले फैसला गरेको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिए । बारा जिल्लामा प्रहरी प्रमुख रहेका एसपी काफ्लेले हनि ट्र्यापमा संलग्नलाई कानूनी दायरामा ल्याइ अदालतले फैसला सुनाएकोमा धन्यवाद दिए ।

उनीहरुले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तिममा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो ।उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसूर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा चलेको थियो । उपदफा ३ ख बमोजिम कसैको व्यवसायमा गैरकानूनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डरत्रास देखाइ आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको कानूनी प्रावधान छ ।

  • ३ पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech