१९ भाद्र २०८३, शुक्रबार

पाँच महिनामा करिब ६ खर्ब व्यापारघाटा
  • न्युज मानसराेवर

बाँके\चालू आर्थिक वर्षको पाँच महिनामा देशको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ।

चालू आर्थिक वर्ष २०८०-८१ को मंसिर महिनासम्म देशको व्यपार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ।

गत आर्थिक वर्ष २०७९-०८० को सोही अविधमा व्यापारघाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ थियो। त्यस्तै, मंसिर महिनासम्म देशको आयात निर्यात अनुपात १०.१६ प्रतिशत छ।

गत वर्षको सोही अवधिमा भने, आयात निर्यात अनुपाल ९.८८ प्रतिशत रहेको थियो। जुन अघिल्लो वर्षको तुलनामा २.८८ प्रतिशतले बढी हो।

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech