२० भाद्र २०८३, शनिबार

कब्जामा रहेको सरकारी भवन प्रशासनले खाली गरायो
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा बर्षौं अघिदेखि एक भारतीय नागरिकले कब्जा गरी अनाधिकृत रुपमा प्रयोग गर्दैआएको एक सरकारी कार्यालयको एउटा भवन बाँके प्रशासनले खाली गराएको छ । पशु क्वारेन्टाइन कार्यालय बाँकेको स्वामित्वमा रहेको नेपालगन्ज उपमहानगरपालिका –१५ पिप्रहवास्थित होल्डिङ् यार्डभित्र रहेको एकतले पक्की भवन वर्षौं अघिदेखि एक भारतीय नागरिकले कब्जामा लिई अनाधिकृत रुपमा उपयोग गरिरहेको भवन शुक्रबार खाली गराइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी गराएका हुन।

भारतीय नागरिकले २५ बर्ष अघिदेखि अबैधरुपमा कब्जा गरेको सो सरकारी भवन खाली गराउन बाँके प्रशासनले गत आइतबार ७ दिने सूचना टाँस गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

  • १४ पुष २०८०, शनिबार प्रकाशित

  • Nabintech