बाँके\बाँकेका अस्पतालमा ‘स्क्रब टाइफस’ रोगका बिरामी बालबालिका उपचारका लागि आउने क्रम बढेको छ । कान्ति आरोग्य हस्पिटलका वरिष्ठ बालरोग विशेष डा। रोमा बोहोराले दैनिक जस्तो ‘स्क्रब टाइफस’ का बिरामी बालबालिका अस्पतालमा उपचारका लागि आउने गरेका जानकारी दिएका छन। उनले बालबालिकामा ‘स्क्रब टाइफस’ देखिन थालेपछि उपचारका लागि अस्पताल आउने बढ्दै गएका बताए ।
डा. बोहोराका अनुसार ‘स्क्रब टाइफस’ एक किसिमको सरुवा रोग हो । यो रोग किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्छ । यो रोग माइटमा पाइने ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने गर्छ ।
‘स्क्रब टाइफस’ लागेको शङ्का लागेमा उपचारका लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्ने जनाउँदै औषधी सेवनपछि यो रोग निको हुने नेपालगन्जका बालरोग विशेषज्ञ डा. पीयूष कनोडियाले बताए ।