१९ भाद्र २०८३, शुक्रबार

आजको मौसम- उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु
  • न्युज मानसराेवर

बाँके\जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

  • १८ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech