८ बैशाख २०८२, सोमबार

बैजनाथमा यादवले लिए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
  • न्युज मानसराेवर

बैजनाथ\ बाँकेको बैजनाथ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा राजेश कुमार यादवले प्रशासनको जिम्मेवारी समाल्ने छन।

विगत केही महिना देखी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बैजनाथ गाउँपालिका शिक्षा शाखाका प्रमुख विश्वराज ढकालले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका थिए । यादव बडीकेदार गाउँपालिका डोटी बाट शरुवा भएका हुन।

स्वागत कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण स्थानीय विकासमा रोकावट देखा परेको बताए । शाहीले जनताका प्रतिनिधि र प्रशासन शाखा विच आवश्यक परार्मश सहकार्य हुन आवश्यक रहेको औल्याए । उनले अब बैजनाथ गाउँपालिकाको विकासले गति लिने विश्वास व्यक्त गरे ।

त्यसै गरी बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले कर्मचारी र जनप्रतिनिधि विचको सहकार्य र समन्वयन आवश्यक रहेको बताईन। उनले नयाँ प्रमुख प्रशासकीय अधिकृतले यहाँको विकास र आवश्यकताको पैचान गरी प्रशासन शाखालाई जवाफदेही बनाउने विश्वास समेत व्यक्त गरेकी छन।

त्यसै गरी कार्यक्रममा बोल्दै  बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले  कानूनले दिएका अधिकार प्रयोग गर्दै स्थानीय विकासमा आफ्नो प्रशासनका सबै कर्मचारी क्रियाशिल हुने विश्वास व्यक्त गरेका छन।  उनले स्थानीय जनप्रतिनिधि र कर्मचारी विचको सम्बन्ध सकारात्म रुपमा विकास गर्न आफु क्रियाशिल हुने समेत उल्लेख गरेका छन।

  • १९ पुष २०८०, बिहीबार प्रकाशित

  • Nabintech