बाँके\ प्याब्सन बाँकेले सामाजिक उत्तरदायित्व निर्वाह स्वरुप न्यानु टोपी हस्तान्तरण गरिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं.६ स्थित सिदार्थ माध्यामिक विद्यालय रझेनाका १ सय २५ जना विद्यार्थीहरुलाई न्यानो टोपी हस्तान्तरण गरेका छन। प्याब्सन बाँकेका अध्यक्ष यम रावतले संक्षिप्त प्रतिक्रिया जनाउदै सामाजिक उत्तरदायित्व अन्तगर्त उक्त विद्यालयलाई सहयोग गरेको बताएका छन।
त्यसै गरी कोहलपुर १० स्थित रामजानकी माध्यामिक विद्यालयका विद्यालय संचालक दिनेश सिग्देलले समेत १५ सेट ट्याक्सुट वितरण गरेका छन। सिग्देलले निजी लगानीमा उक्त विद्यालयका १५ जना विद्यार्थीहरुलाई ट्याक्सुट वितरण गरेका हुन ।
शैक्षिक अभियान्ता तथा बाँँके प्याब्सनका सल्लाहकार समेत रहेका सिग्देलले यस अघि समेत विभिन्न शैक्षिक क्षेत्रमा सहयोग गर्दै आइरहेका छन।













