बाँके \राष्ट्रिय समाचार समिति (रासस) ले ‘अवधी समाचार सेवा ’औपचारिक रुपमा आजदेखी बाँके जिल्लाबाट सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले कम्प्युटरमा माउस क्लिक गरेर अवधी समाचार सेवाको शुरुवात गरेका हुन।
उपमहानगरपालिकाका प्रमुख विष्टले अवधी भाषीको आम संचार माध्याबाट कन्टेन्टका लागि स्थानीय सरकारले सहयोग गर्ने जानकारी दिदै आफ्ना भाषा,कला संस्कृतिको संरक्षण गर्नका लागि यस्ता प्रयास फलदायी हुने विश्वास व्यक्त गरेका छन।
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मातृ भाषाको विषय समावेशी र संघीयता कार्यन्वयनसँग जोडिएको विषय भएको जानकारी दिदै अवधी भाषा समाचार सेवाका विषयहरु स्थानीय संचार माध्यमले प्रयाग नगरे त्यसको अर्थ नहुने उल्लेख गरे ।
उनले मातृभाषाको समाचार सेवासँग समाजलाई जोडनुपर्ने तर्क गर्दै आम संचारले बहुलवादलाई ध्यानमा नराखेको तर राससले त्ससलाई ध्यानमा राखेर काम गर्न खोजेको बताए । अध्यक्ष झाले पहिलो पटक अवधी समाचार सेवा सुरुवात गर्न उपमहानगरले देखाएको अग्रसरताप्रति धन्यवाद समेत व्यक्त गरे । झाले यही चैतभित्र भोजपुरी भाषामा पनि समाचार सेवा सञ्चालनको तयारी भएको जानकारी कार्यक्रममा जानकारी गराए।
राससका महाप्रन्धक सिद्धराज राईले अवधी समाचार सेवाबाट भाषामा विविधिकरण भएको उल्लेख गरेका छन। उनले सबै भाषाको साझा संस्थाका रुपमा राससलाई स्थापित गर्न खोजिएको भन्दै उपमहानगरपालिकाले भाषिक समुदायको सांस्कृतिक महत्वलाई बुझेको बताए । त्यसै गरी साहित्यकार सनत रेग्मीले अवधी भाषाका विकासका लायि यस क्षेत्रका अगुवा जागरुक हुनुपर्नैमा जोड दिदै अवध क्षेत्रको संस्कार र संस्कृतिलाई वढवा दिनुपर्ने बताएका छन।
]अवधी साहित्यकार विश्वलाल कुमालले दाउपेचका कारण अवधी साहित्य पछी परेको उल्लेख समेत गरे । रासस सेवाग्राहीकातर्फबाट दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, रासस, नेपालगन्ज कार्यालयका प्रमुख युवराज पाण्डे, अवधी समाचारका अनुवादक राकेश मिश्र लगायतले अवधी समाचार सेवा सुरुवातबाट अवधी भाषी संचारमाध्यम लाभावन्वित हुने विश्वास व्यक्त गरेका छन।
गत पुस २३ गते सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले राष्टिय (मातृभाषा) समाचार सेवाको शुरुवात गरेकी थिइन।