१९ भाद्र २०८३, शुक्रबार

चार लाख ८९ हजार परीक्षार्थी एसईई परीक्षामा सहभागि हुने
  • न्युज मानसराेवर

बाँके\ यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षमा चार लाख ८९ हजार परीक्षार्थीले सहभागी हुन आवेदन दिएको परीक्षा बोर्डले जनाएको छ ।

कार्यतालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, तेस्रो दिन अनिवार्य गणित र चौथो दिन अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन हुनेछ ।

  • ८ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech