१९ भाद्र २०८३, शुक्रबार

नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । शीतलहर र बाक्लो हुस्सुका कारण भिजिविलिटी नहुँदा आज सो  विमानस्थलबाट हुने कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल राँझाका प्रमुख सुरेश खनालले जानकारी दिए ।

प्रमुख खनालले नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला सिमीकोट, हुम्ला, बाजुरा र रारा जाने समिट र तारा एयरलाइन्सको छ जहाजको उडान नभएको उल्लेख गर्दै काठमाडौँ जाने श्री एयरलाइन्सको दुई, यती एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सको छ उडान नभएको बताए । यसबाहेक श्रीएयरलाइन्सको माण्उटेन फ्लाइट पनि भएको छैन ।

बाक्लो हुस्सु र शीतलहरका कारण यहाँको जनजीवन प्रभावित भएको छ । नेपालगञ्जमा स्थानीयले विभिन्न चोकमा दाउरा बालेर आगो तापेको दृश्य जतासुकै देख्न पाइन्छ । केही साताअघि चिसो बढेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिकरूपमा आगो ताप्न दाउरा वितरण गरेको थियो ।

  • १४ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech