१९ भाद्र २०८३, शुक्रबार

ब्राउन सुगर लिएर कैदी भेटन बर्दिया कारागार पुगेका युवा पक्राउ
  • न्युज मानसराेवर

बर्दिया : लागूऔषध लिएर बर्दिया कारागारमा कैदी भेट्ने निहुँमा गएका गुलरिया नगरपालिका–२ संगमबस्तीका २२ वर्षीय विजय तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा मधुवन नगरपालिका–९ का कमल शर्मालाई काँचो माछाभित्र लुकाई ल्याएको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थसहित उनी पक्राउ परेका हुन् ।

पक्राउ परेका तिरुवाबाट ५ सय २० मिलीग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले तिरुवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • १८ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech