२५ बैशाख २०८१, मंगलवार

प्रेस चौतारी कोहलपुरले गर्यो दुई जना पत्रकारलाई सम्मान

वनाउदै भत्काउदैमा विकास नहुने भएकाले दिगो भौतिक विकासमा जोड दिन स्थानिय सरकारलाई आग्रह

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी नगर कमिटि कोहलपुरले कोहलपुर क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा अहम भुमिका खेलेको भन्दै यहाँ क्रियाशिल २ जना पत्रकारहरुलाई सम्मानित गरेको छ । प्रेस चौतारी नेपाल अनुशासन आयोग सदस्य विष्णु प्रसाद वेल्वासेका पिता स्व. दुर्गा प्रसाद वेल्वासेको स्मृतीमा खडा गरिएको अक्षयकोषबाट बैकुण्ठ प्रसाद अधिकारी र पवित्रा परियारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

प्रेस चौतारी लुम्विनी प्रदेश सह ईन्चार्ज रुद्र सुवेदी तथा लुम्विनी प्रदेश सभा सांसद बसन्ति अधिकारीले संयुक्त रुपमा जनही ३ हजार पाँच सहित सम्मान पत्रले सम्मानित गरेको प्रेस चौतारी कोहलपुर नगर कमिटिले जनाएको छ ।

प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा हरेक बर्ष रु ६ हजार नगद, पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम बमोजिम अधिकारी र परियारलाई यस बर्षको दुर्गा प्रसाद वेल्वासे पत्रकारिता पुरस्कारकालागि छनौट भए बमोजिम सम्मान तथा पुरस्कृत गरिएको राशिका संरक्षक विष्णु प्रसाद वेल्वासेले न्युज मानसरोवरलाई बताएका छन ।

यसैविच आजै आयोजित कार्यक्रममा नेकपा एमालेका नेता तथा मदन भण्डारि पुस्तकालाय बाँकेका अध्यक्ष खिल प्रसाद भुसालले कोहलपुरमा क्रियाशिल १ जना पत्रकारलाई पुरस्कृत गर्ने गरि बार्षिक १५ हजार रुपैया उपलब्ध गराउने गरि अक्षकोषको घोषणा गरेका छन । उक्त राशिको पुरस्कार मदन स्मृति दिवसका अवसरमा जेष्ठ ३ गते प्रदान गर्ने गरि ब्यबस्था मिलाईएको प्रेस चौतारी कोहलपुरका अध्यक्ष प्रमोद रिजालले बताएका छन । भुसालले मदन भण्डारी पुस्तकालय बाँके संरक्षण रहने गरि आफनो पिताको स्मृतीमा पुरस्कारको घोषणा गरेका हुन ।

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा कोहलपुरमा स्थानिय तहको विकासमा सञ्चारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको प्रेस चौतारी नगर कमिटि कोहलपुरले जनाएको छ ।

उक्त अन्तरक्रियामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा प्रेस चौतारी लुम्विनी प्रदेश सह ईन्चार्ज रुद्र सुवेदीले पत्रकारीता क्षेत्रमा लाग्नेहरुले ईगोलाई डिलिट गर्न सक्नुपर्नेमा जोड दिएका छन । उनले श्रमजिवी पत्रकारहरुलाई स्थानिय तहहरुले जिविकोपार्जनसंग जोडन सके मात्र संघियताको मर्म अनुरुपको स्थानिय तहहरुले सार्थकता पाउने भन्दै पत्रकारहरुसंग जनप्रतिनिधिहरुले नजिकको दुरि कायम गर्न नचाहनु र केहि निश्चित ब्यक्तिहरुलाई मात्र काखि च्याप्नु दुखद भएको औंल्याए ।

लुम्विनी प्रदेश सभा माननिय सांसद वसन्ति अधिकारीले जनप्रतिनिधि र पत्रकारहरुविचको सम्वन्ध नङ र मासुको जस्तो हुनुपर्ने भन्दै पत्रकारहरुले कसैको तेजबोध गर्ने र कसैलाई देवत्वकरण गर्ने परिपाटिको अन्त्य गर्नुपर्नेमा जोड दिईन ।

नप्रतिनिधिहरुले समेत पत्रकारहरुलाई प्रयोग गर्ने गरिएको पाईएकाले उक्त प्रयोगवाट पत्रकार स्वयम बच्नुपर्ने भन्दै सञ्चार गृह बचे मात्र गाउठाउ, नगर र समाजको औचित्य पुष्टि हुने भएकाले प्रेसमैत्रि वातावरण तय गरिनुपर्नेमा जोड दिईन ।

नेकपा एमाले बाँकेका नेता तथा बाँके क्षेत्र नं. १ का ईन्चार्ज वलराम भट्टराईले वजारमा सटरहरु खालि हुदै गएका छन, तीनै तहका सरकारहरुले यसवार चुईक्क समेत बोल्न नसकेको प्रति इंगित गर्दै धराशाहि भएको अर्थतन्त्र सुधार नभए सम्म विकास भएको भन्न स्किार्य नभएको कुरामा जोड दिए । उनले बाटो, पुल पुलेसा बने मात्र विकास मान्ने हाम्रो परम्परा भएको भन्दै भट्टराईले जनताको संबृद्धि नहुदा सम्म भौतिक विकासलाई मात्र विकास मान्न नसकिने बताए ।

मदन भण्डारि पुस्तकालय बाँकेका अध्यक्ष खिल प्रसाद भुषालले पत्रकार जगतले स्थानिय सरकारका अलावा प्रदेश र संघले गर्ने विकास निर्माण तथा अनुदानका बिषयहरुमा बिशेष चनाखो भएर कलम चलाउदै जनतालाई वास्तविक सुचनावाट सुसोचित हुन सहयोग गर्नुपर्ने भन्दै सरकारी जग्गा जमिन संरक्षण, स्वास्थ्य शिक्षामा भएका विकृती विसंगतिकाबारे खरो भएर उत्रिन समेत आव्हान गरे ।
कोहलपुरमा जग्गा दोहन गर्नेहरुको पञ्जाबाट किरणनालाको जग्गा बचाउन आफुहरु सफल भएपनि उक्त जग्गा अहिले अलपत्र अवस्थामा रहेकाले संरक्षण गर्नतर्फ स्थानिय सरकारको ध्यानाकर्षण गराउन चाहेको वताउदै वनाउदै भत्काउदैमा विकास नहुने भएकाले दिगो भौतिक विकासमा जोड दिन स्थानिय सरकारलाई आग्रह गरे ।

कोहलपुर वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारीले भौतिक पुर्वाधारमा मात्र लगानि गर्नु बाञ्छनिय नभएको चर्चा गर्दै एकल महिला, पिछडिएको जाति क्षेत्र लिङ्ग र विकट बस्तिहरुका आबश्यकता पहिचान गरि शिक्षा स्वास्थ्य सचेतना लगाएतका क्षेत्रलाई समेत फराकिलो पार्दै लैजानुपर्ने बताईन ।

वडामा वजेट थोरै हुने तर जनचाहना धेरै हुने उल्लेख गरकी वडा अध्यक्ष अधिकारीले नाला नवनाउदै बाटो पिच गर्नुको अर्थ नहुने भएकाले आफुले आफनो वडामा पहिले नालाको कामलाई तिब्रता दिएको उल्लेख गरिन ।

उनले बृद्ध बृद्धाको स्वास्थ्य, महिलाहरुको क्यान्सरका समस्या जस्ता बिषयलाई समेत उठान वडाले गरिरहेको उल्लेख गर्दै स१चारमैत्रि निति निर्माणका लागि आफुले कार्यपालिकामा समेत आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरिन ।

प्रेस चौतारी नेपाल कोहलपुर नगर कमिटीका अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा आयोजित उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, प्रेस सेन्टर बाँकेका जिल्ला अध्यक्ष राजेश आचार्य, थारु पत्रकार संघ बाँकेका अध्यक्ष हेमन्त चौधरी, पत्रकार शुभाकर विश्वकर्मा, गैर सरकारी संस्था महासंघ लुम्विनी प्रदेश सदस्य शंकर शर्मा लगाएत बक्ताहरुले स्थानिय तहको विकासमा सञ्चारको भुमिकको बिषयमा आ आफनो धारणा राखेका थिए ।

नगर सचिव रवि रोकायले सञ्चालन गरेको कार्यक्रममा कोहलपुर क्षेत्रमा रहेर कलम चलाउने तथा सञ्चारकर्ममा सहभागि अढाई दर्जन बढि पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको प्रेस चौतारी नगर कमिटि कोहलपुरले जनाएको छ ।

  • २२ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech