कोहलपुर ,बाँके: पछिल्लो समय सवारी दुर्घटना अत्याधिक हुन थालेपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडक दुर्घटना न्युनिकरण सचेतना कार्यक्रम संचालन गरेको छ । सडक दुर्घटना सम्बन्धि सचेतना मुलक कार्यक्रम संचालन गर्दा दुर्घटना न्युनिकरण कम गर्न सकिने भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कार्यक्रम संचालन गरेको हो ।
आफुहरु बिशेष गरी सवारी साधनसँग जोडिने व्यवसायी भएकाले आम मानिसहरुलाई सचेत गराउनका लागि अभियान चलाएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राइले बताउनु भयो । सवारी दुर्घटना न्युनिकरणमा प्रभावकारी भुमिकाका साथ लागि पर्न उहाँले सबैलाई आग्रह गर्नु भएको छ । सडक दुर्घटना न्युनिकरण गर्न सरोकारवाला निकायहरु सचेत भएर लाग्नुपर्ने बताउनु भयो ।
मानविय भौतिक प्राविधिक तथा यान्त्रिक कारणले गर्दा बढी दुर्घटना हुने गरेका छन । समय गुज्रिएका सवारी साधन चलाउदा यात्रुको लापर्वाहीले गर्दा दुर्घटना हुने गरेको भन्दै केन्द्रिय अध्यक्ष राइले त्यसकालागि सवारी साधन समय समयमा चेकजाँच गरी सचेत भएर लाग्नु पर्ने उहाँले बताउनु भयो ।
बाँके जिल्लाको मुख्य सहरमा सडक दुर्घट्ना न्युनिकरणका लागी बिभिन्न सचेतकाका कार्यक्रम र जिल्लामा चल्ने यातायात प्रालिका प्रतिनिधिहरु, चालक, सहचालक, सवारीधनीहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण प्रदानका कार्यक्रमलाई प्राथामिकता दिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले बताउनु भयो ।










