२३ बैशाख २०८१, आईतवार

बेबि ब्लूम मन्टेश्वरिले सम्पन्न गर्यो स्पोर्ट्स डे (फोटो फिचर)
  • विकल भट्टराई

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा न ४ मा रहेको बेबि ब्लूम मन्टेश्वरिले स्पोर्ट्स डे २०८० सम्पन्न गरेको छ । स साना बाल बच्चाहरुलाई पढाइका साथ साथै विभिन्न खेलकुद तिर पनि रुचि गराउनका लागि स्पोर्ट्स डे गरिएको हो ।

स्पोर्ट्स डे का दिन सन्तुलन खेल, भ्यागुता दौड, चम्चा दौड , कुर्सी दौड आदि खेल खेलाईएको बेबि ब्लूम मन्टेश्वले जनाएको छ ।बेबि ब्लूम मन्टेश्वरि २०७५ सालमा स्थापना भई थोरै समयमा ख्याति कमाउन सफल मण्टेश्वरी हो ।

वाल वच्चाको लागि आर्कषक र पारिवारिक बाताबरण भएको मन्टेश्वरिको रुपमा चर्चा कमाएको बेबि ब्लूम मन्टेश्वरीले अव हरेक बर्ष स्पोर्ट्स डे आयोजना गरिने संस्थापक कल्पना पौडेलले जानकारी दिएकी छिन ।

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech