११ श्रावण २०८१, शुक्रबार

बाँके: पूर्व विद्यार्थी समाजको खजुरामा दोस्रो साधारण सभा सम्पन्न
  • न्युज मानसराेवर

खजुरा,बाँके: श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको दोस्रो साधारण सभा श्री जनता मा.वि.सन्तकुटी खजुरामा शनिवार एक कार्यक्रम विच सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्विनी प्रदेशका शहरी विकास मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि माननिय कृष्णा केसी “नुमना”ले यो पूर्व विद्यार्थीको कार्य नमुना रहेको र यत्तीको भव्यताको साथमा कार्यगर्ने यो नै देशकोे पहिलो पूर्व विद्यार्थी समाज हुन सक्ने बताएकी छन।

जनता मा.वि. सन्तकुटी संग आफ्नो स्कुले शिक्षाको सम्बन्ध नभएता पनि यस विद्यालय संग आफ्नो राजनैतिक जिवनको गहिरो सम्बन्ध भएको कृष्णा केसी “नुमना”ले  बताइन।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सासंद माननिय वादसा कुर्मीले यो पूर्व विद्यार्थी समाजले अग्रजहरुलाई सम्मान गरि पूर्व विद्यार्थीहरुलाई एउटै सुत्रमा जोड्न गरेको कार्यको प्रशंसा गरेका छन।

कार्यक्रममा प्रखर परोपकार मिसन नेपाल खजुराको अध्यक्ष महेन्द्र मल्लले पूर्व विद्यार्थी समाजको गतवर्षको प्रगति र आगामी वर्षको योजनाको वारेमा सुन्दा आफुलाई खुसीलागेको वताउदै परोपकार मिसन नेपाल जहिले पनि पूर्व विद्यार्थी समाज संग सहकार्य गर्न तयार रहेको बताए । त्यसै गरी  नेपाल रेडक्रस सोसाइटी वागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटाले पूर्व विद्यार्थीको कार्यमा आफु स्थापना काल देखिनै जोडिएको उल्लेख गरेका छन।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र खत्रीले विद्यालयको हालको अवस्थाको वारेमा प्रकाश पारेका थिए भने अध्यक्ष केर सिंह थापाले  कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले समाजकोबारेमा समिक्षात्मक सम्बोधन गर्दै समाजले विद्यार्थीहरुलाई विद्यालयमा आर्थिक कारणले पढ्नको लागि समस्या भए त्यसको लागि पूर्व विद्यार्थी समाजले आगामी दिनहरुमा सहयोग गर्दै जाने बताए ।

कार्यक्रममा समाजका सचिव विवेक लामिछानेले आ.वि. २०७९/०८० को प्रगति र आगामी आ.व. २०८१/०८२ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष रत्ना कार्कीले आर्थिक वर्ष २०७९/०८० को आय व्यय, लेखा परिक्षण प्रतिवेदन र आगामी आ.व.२०८१/०८२को लागि रु. ५ लाख ६० हजारको प्रस्तावित वजेट प्रस्तुत गरेका छन। कार्यक्रममा समाजका सल्लाहकार भुवन गैरेले स्वागत मन्तव्य राखेका थिए  भने आजिवन सदस्यहरुको तर्फबाट रेशमलाल न्यौपाने र प्रकास ढकालले विचार व्यक्त गरेका छन।

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech