११ श्रावण २०८१, शुक्रबार

राप्रपाको भुगोल केन्द्रित भेला कोहलपुरमा सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर, बाँके: राष्ट्रिय प्रजातन्त्र पार्टि कोहलपुर नगर समितीको भुगोल केन्द्रित भेला तथा बैठक कोहलपुरमा सम्पन्न भएको छ ।
पार्टिका केन्द्रिय सदस्य एबं पुर्व मन्त्रि प्रेम वहादुर भण्डारिको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले विविध निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टि कोहलपुर नगर समितीका अध्यक्ष अर्जुन जंग शाहले न्युज मानसरोवरलाई बताएका छन । उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टि कोहलपुर नगर समितीले भुगोल केन्द्रित कार्यक्रमलाई निरन्तरता दिनुका साथै पार्टि शुभेच्छुक तथा कार्यकर्तामाझ जागरण अभियान समेत गर्ने गर्नेछ ।

यसैगरि गत पौषमा जिल्लाले अबैधानिक रुपमा कारवाहि गरेका नेता तथा कार्यकर्ताहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टिको विधान बमोजिम केन्द्रिय स्तरमा मात्र कारवाहिको अधिकार भएको उल्लेख गर्दै केन्द्रिय समितीले अबैधानिक कारवाहिको निर्णय बदर गरेकोमा भेलाले केन्द्रिय समिती र अध्यक्षलाई धन्यवाद ज्ञापन गर्ने समेत निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टि कोहलपुर नगर समितीले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टि कोहलपुर नगर समितीका अध्यक्ष अर्जुन जंग शाहको अध्यक्षतामा आयोजित भेला तथा बैठकमा केन्द्रिय शिक्षा विभाग सदस्य ठाकुर सिंह थारु, पुर्व केन्द्रिय सदस्य प्रकाश शाह, पुर्व जिल्ला अध्यक्ष विपिन श्रेष्ठ, क्षेत्र नं. ३ का क्षेत्रिय अध्यक्ष तारासिंह थारु,प्रदेश ख अध्यक्ष लाल वहादुर वलि, महिला संगठनका जिल्ला अध्यक्ष सरिता शाहि जिल्ला सदस्य ज्योति भण्डारी, युवा मोर्चा केन्द्रिय उपाध्यक्ष अरुण शर्मा, महिला संगठनका केन्द्रिय सदस्य पिंकि शाह बिभिन्न जनबर्गिाय संघ संगठनका पदाधिकारीहरु समेतको उपस्थित रहेको राप्रपा कोहलपुरले जनाएको छ ।

  • २८ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech