१२ श्रावण २०८१, शनिबार

बिभिन्न अपराधमा संलग्न १३ फरार प्रतिवादि कोहलपुर प्रहरीको फन्दामा
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: ईलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा  बिभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका १३ जना फरार अपराधिलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले अपराधमा संलग्न १३ फरार अपराधिहरुलाई अदालत समक्ष पेश गदै निजहरुबाट जम्मा १२ बर्ष ५ महिना २६ दिन कैद र ८०,००० नगद जरिवाना असुल उपर गर्न सफल भएको  हो ।

अदालतबाट कैद तथा जरिबाना तोकी फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी प्रभावकारी फैसला कार्यान्वयन गर्नको लागि जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष अभियान सञ्चालन गरेसँगै अपराधिहरुको खोज तलास गर्ने क्रम जारि राखेको इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले सवारी ज्यान कसुर मुद्दामा बाँके जिल्ला अदालतबाट २०७० माघ ९ गतेको आदेश अनुसार २ बर्ष १० महिना ३ दिन कैद सजाय तोकिएका बाँके राप्ती सोनारी गाँउपालिका वडा नं.१ बस्ने पुर्ण बहादुर कुमाललाई ईप्रका तुल्सीपुर दाङ्गको सहयोगमा तुल्सीपुर दाङ्गबाट र जातीय विभेद मुद्दामा मिति २०७८मंशिर २७ गतेको आदेशबाट रु ५०,००० जरिवाना तोकीएका जिल्ला बाँके बैजनाथ गाउपालिका वडा नं. ४ बस्ने तिलक खप्तरी मगरलाई निजकै घरबाट २०८०माघ २७ गते पक्राउ गरी सम्मानित अदालत समक्ष पेश गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

यससंगै ईलाका प्रहरी कार्यालयले नागरिकहरुका जाहेरीका आधारमा मुद्धा किनारा लगाउन क्युक सर्भिस सेवालाई प्रभावकारी बनाउदै चेक अनादर गर्ने १ जना, झारफरक गरि रोग निको पार्छु भन्दै यौन शोषण गर्ने १ जना लगाएत बिभिन्न अपराध अभियोगमा मुछिएका १३ जनालाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले न्युज मानसरोवरलाई बताएका छन ।

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech