कोहलपुर,बाँके: दुवै जना सरकारी जागिर त्यसमा पनि सत्य, सेवा सुरक्षणको पहरेदार नेपाल प्रहरीको सेवामा रहेका राष्ट्र सेवकहरु विच नै के मन मुटाव थियो र आफनै श्रीमतीलाई गोलि नै हानेर हत्या गर्नुपरयो यतीवेला आम चासोको बिषय बनेको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान बर्ष २६ कि धनमाया थापालाई उनका श्रीमान बर्ष ३५ का यमबहादुर झाक्री मगरले गोलि हानेर हत्या गर्नुको तथ्यगत कारण खुल्न नसकेको भएपनि श्रीमतीले अदालतमा पारपाचुकेको मुद्धा दर्ता गरेपछि आक्रोशमा आएर हत्या गरेको हुन सक्ने झाक्री मगरका सहपाटिहरुले आशंका ब्यक्त गरेका छन ।
यमबहादुरले घोराही उपमहानगरपालिका १५ दामोदर चोकमा डिउटीमा रहेकी आफनै श्रीमतीलाई गोली प्रहार गरेर वारदात स्थलवाट फरार भएका थिए ।
फरार झाक्रीलाई प्रहरीले देउखुरीको अर्जुनखोलाबाट पक्राउ पेस्तोल र त्यस्मा लाग्ने ७ राउन्ड गोलि सहित पक्राउ गरेको छ भने गोली प्रहारबाट गम्भीर घाइते धनमायाको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको घोषणा स्वास्थ्यकर्मिहरुले गरेका थिए ।

सुर्खेत पञ्चपुरी माईती भएकी धनमाया थापा मगर र प्युठान नौवहिनी घर भएका यमबहादुर झाक्रि केहि बर्ष अघि मात्र विवाह बन्धनमा बाँधिएका थिए ।
उमेरले श्रीमती भन्दा ९ बर्षले जेठा यम वहादुर निकै शंकालु रहेको उनका सहपाटिहरु वताउछन । श्रीमती अन्तै लागेको आशंकामा पटक पटक घरायसि झगडा हुदै गएपछि धनमायाले बरु आफु एक्लै वस्ने निर्णय गर्दै सम्वन्ध विच्छेदको मुद्धा दर्ता गरिएको वताईएको छ ।
मुद्धा दर्ता संग मानसिक तनावमा समेत रहेका श्रीमान यम वहादुरले गोलि नै हानेर मार्ने हिम्मत कसरी गरे यो भने प्रहरीको अनुसन्धानले वताउला ।










