२४ बैशाख २०८१, सोमबार

गोरखाको नयाँ शैक्षिक सत्रमा यस्तो कार्ययोजना

छात्रा सुरक्षा योजना अनुरुप कराते जस्ता रक्षात्मक खेलमा जोड दिनुका साथै शिक्षकहरुलाई आईसिटि तालिम प्रदान गरि दक्ष वनाउने गोरखाको योजना

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले शैक्षिक सत्र २०८१ का लागि विद्यालयको शैक्षिक सुधार कार्ययोजना,योग शिबिर सञ्चालन र शुल्क निर्धारण सम्बन्धमा अभिभावक भेला सम्पन्न गर्दै आफनो बार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।

विद्यालयको तर्फवाट कार्ययोजना प्रस्तुत गर्दै विद्यालयकी प्रिन्सिपल साधना थापाले आउदो शैक्षिक सत्रदेखि कक्षागत रुपमा कक्षा १ देखि ३ र कक्षा ९ देखि १२ सम्म स्र्माट वोर्डको प्रयोग गर्ने जनाएकी छिन । उनले विद्यालयमा छात्रा सुरक्षा योजना अनुरुप कराते जस्ता रक्षात्मक खेलमा जोड दिनुका साथै शिक्षकहरुलाई आईसिटि तालिम प्रदान गरि दक्ष वनाउने योजना रहेको उल्लेख गरिन ।

युग सुहाउदो आजको शिक्षा अत्यन्त आबश्यक भई सकेको सन्दर्भमा थापाले विद्यालयमा  ब्यवहारिक र वैज्ञानिक शिक्षालाई जोड दिंदै प्रयोगात्मक सिकाईलाई जोड दिने आफनो योजना रहेको वताईन ।

पाठ्यक्रम, पाठ्यपुस्तक, सिकाइ प्रक्रियाको निर्धारणमा विद्यार्थी, शिक्षक, बिज्ञ र अभिभावकको प्रत्यक्ष संलग्नताको सुनिश्चितता हुनेगरि बिद्यालयका भौतिक, शैक्षिक, आर्थिक र वातावणिय प्रक्रियाहरु विद्यार्थी केन्द्रित, दीर्घकालीन सोच र उपयोगमा आधारित भएर तय गर्दै गोरखाले कोहलपुर क्षेत्रमा आफनो विद्यालयलाई नमुना विद्यालय वनाउन चाहेको थापाको कथन छ ।

शिक्षण कला र बिज्ञान दुबै हो। शिक्षण पद्धति बैज्ञानिक हुनुपर्छ र सिकाइ कलात्मक।अब हिजोको बिधिले आजको शिक्षण सिकाई चल्दैन् । सूचना र प्रविधिको बिकास चरम छ,ज्ञान बिस्फोट अवस्थामा छ । त्यसैले सिकाइमा विधि र प्रविधिको प्रयोगको परिमार्जन सहित गोरखाले आफना वाल वालिकाहरुलाई शिक्षित गराउन चाहेको कार्ययोजनामा समेटिएको भन्दै प्रिन्सिपल थापाले विद्यालयमा योग शिबिर सञ्चालन गर्ने र त्यसको लागि शुल्क निर्धारणमा अभिभावकहरुले विद्यालयलाई सहजकर्ताको भुमिकामा उभिईदिन आग्रह गरिन ।

भेलामा उपस्थित अभिभावकहरुले शिक्षण विधिका अलावा शिक्षकहरुको स्थायीत्वका सवालहरुमा विद्यालय गम्भिर बन्नैपर्ने बताएका छन । सोसल क्राईम, ट्राफिक सचेतना, बुक लेस वा नो टेष्ट बुक कार्यक्रमप्रति पनि विद्यालयले ध्यान दिनु पर्ने वताएका अभिभावकहरुले अभिभावक शिक्षा, अभिभावक भर्चुयल बैठकमा समेत विद्यालयले जोड दिनु पर्ने राय प्रस्तुत गरे ।

अभिभावक कपिल जंग शाहले सिकाइका थुप्रै तरिकाहरु छ्न, सिकारुको चाहना अनुसार, सहकार्य र सहभागीताको आधारमा विधि तय गर्नुपर्छ । सिकारुको अनुभब र अनुभूतिबाट मात्र सिकाइ दिगो हुने हुदा त्यस्तै विधि अपनाउनु भन्दै बालकले गल्ती र त्रुटि बाटै सिक्ने हो, सिकाइको गति आफ्नै हुन्छ्न । गल्ती नै नगरी सिक्ने पद्धतिमा पनि जानुहुन्न । आफ्नो काम आफै गर्ने र पढ्ने बानी बिकास गर्ने कार्य गर्नुपर्छ । स्व अध्ययन, स्व खोज र स्व बुझाई, स्व मूल्यांकन गर्न दीर्घकालीन रुपले प्रेरित गर्ने पद्धति अपनाउनु उत्तम हुन्छ । त्यसको लागि सिकाइको अनिर्देशित नमूना अपनाउनु पर्ने हुन्छ भन्ने सन्देश सहितको सुझाव पेश गरे ।

अभिभावकहरु कपिल जंग शाह, कृष्ण प्रसाद सुवेदी, प्रेम सुवेदी लगाएत दुई दर्जन बढिले विद्यालयलाई सुझावहरु प्रस्तुत गरेका थिए । उनीहरुले स साना नानी वावुहरुको समय ब्यबस्थापनमा गम्भिर रहन पनि विद्यालयसंग आग्रह गरेका छन । आजभोलि मोवाईलको लतमा समेत आफना वालवालिका पर्न थालेको प्रति चिन्ता प्रकट गर्दै आभिभावकहरुले अनुशासनमा समेत गिरावट आउन सक्ने भन्दै सचेत रहन विद्यालय प्रशासन समक्ष आग्रह गरे ।

विद्यालयका संस्थापक एबं सञ्चालक अध्यक्ष केशर वहादुर आले मगरको अध्यक्षता तथा कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको सहजिकरण एकेडेमिक सुपरभाईजर भद्र वहादुर शाहिले गरेका थिए ।

विदाको दिनलाई समेत सदुपयोग गर्दै आफना अभिभावकसंग नयाँ शैक्षिक सत्रका लागि गरिने शैक्षिक गतिविधिको कार्ययोजनामा सहभागि अभाभावकहरुको राय सुझावलाई आत्मसाथ गर्दै उल्लेखित फिड ब्याकलाई ब्याकअपका रुपमा विद्यालयले ग्रहण गरेको भन्दै विद्यालयका संस्थापक तथा सञ्चालक अध्यक्ष केशर वहादुर आले मगरले अभिभावकहरुले दिएको राय सुझावलाई विद्यालयको कार्ययोजनामा समावेश गरि कार्यान्वयनमा ल्याउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

 

  • ५ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • Nabintech