२० भाद्र २०८३, शनिबार

सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु
  • न्युज मानसराेवर

सल्यान  ः सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट सुन्तला  लोड गरी मोखला आउँदै गरेको ग ३ च ३३१२ जिप दमाचौर १ मयानीको भित्री सडकमा सोमबार साँझ दुर्घटना भएको थियो।

दुर्घटनामा परी जिप चालक तनहुँ आबुखैरेनीका अन्दाजी  ३५ वर्षीय अर्जुन विक गम्भीर घाइते भएका थिए। उनको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा  सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उकालोमा चढ्न नसकी अनियन्त्रित भई जिप सडकमै पल्टिएको थियो।

  • ८ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech