२० भाद्र २०८३, शनिबार

डिभाईडर हटाउन माग गर्दै विद्यार्थीहरु आन्दोलित (भिडियो) अपडेट

बागेश्वरी क्याम्पस अगाडि गरिएको चक्का जाम खुला,क्याम्पस गेट अगाडि रिक्सा, साईकल तथा मोटरसाईकल आवात जावत गर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: शैक्षिक संस्थाका अगाडि विद्यार्थीहरुलाई आवत जावतमा अवरोध हुनेगरि कोहलपुर नगर पालिकाले डिभाईडर खडा गरेको भन्दै बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुर बाँकेका विद्यार्थीहरु आन्दोलित भएका छन ।

शान्तिपुर्ण रुपमा नगरसंग डिभाईडर हटाईदिन अनुरोध गर्दा पनि कोहलपुर नगरपालिकाबाट सुनुवाई नभएपछि बाध्य भएर सडक जाम गर्दै आन्दोलनमा उत्रिनुपरेको बागेश्वरी बहुमुखि क्याम्पसका स्वविु अध्यक्ष देबेन्द्र बहादुर बुढाले न्युज मान सरोवरसंग भने ।

निजि कलेजहरुका अगाडि डिभाईडर नराखेको तर कोहलपुरको एक मात्र सरकारी क्याम्पसलाई अवरोध गरेको भन्दै कोहलपुर नगरपालिकाले लिएको यो नितिका बिरुद्ध विद्यार्थीहरुले देहात छेडने भन्दै विद्यार्थीहरुले क्याम्पस गेटमा चक्का जाम गर्दै बिरोध जनाईरहेका छन ।

हामी नि:शर्त डिभाईडर हटाउन नगरपाकिा समक्ष अनुरोध गर्दछौं अन्यथा विद्यार्थीहरुको बलबाट यो डिभाईडर हटाउने मात्र हैन भत्काईने छ स्ववियु सचिव महेन्द्र प्रकाश मल्लले भने । सयौं विद्यार्थीहरुको भविष्यसंग जोडिएको शैक्षिक संस्थाको गन्तब्यको बाटोमा डिभाईडर किन राखेको औचित्य पुष्टि गर्न सचिव मल्लले नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई चुनौती दिएका छन ।

विद्यार्थी आन्दोलनको जगवाट नगर प्रमुख भएका आचार्यले सरकारी क्याम्पसको बाटो अवरोध गर्न कतै निजि कलेजहरुसंगको मिलेमतो त हैन स्ववियु सभापति बुढाले आशंका समेत गरेका छन । कोहलपुर नगरपालिकाका प्रतिनिधि नआए सम्म हाम्रो यो सडक आन्दोलन जारी रहन्छ अध्यक्ष बुढाको थप कथन रहेको छ । क्याम्पस अगाडि विद्यार्थीहरुले आन्दोलनलाई जारि राखेपछि कोहलपुर प्रहरीले न्युरोडबाट सवारी साधनहरु दश विगाहतर्फ डाईभर्ट गरि यातायात सेवालाई सुचारु गर्ने प्रयास गरेको छ ।

 

अपडेट

बागेश्वरी क्याम्पस अगाडि गरिएको चक्का जाम खुलाईएको छ । क्याम्पस गेट अगाडि रिक्सा, साईकल तथा मोटरसाईकल आवात जावत गर्ने गरि विद्यार्थीहरुले डिभाईडरको ब्यबस्थापन पश्चात बन्द खुलाईएको स्ववियु अध्यक्ष देवेन्द्र बहादुर बुढाले बताएका छन । उनले विद्यार्थीको हितकालागि हटाईएको डिभाईडरलाई थप ब्यबस्थापन गर्न स्थानिय सरकारसंग माग गरेका छन ।

बुढाले विद्यार्थीहरुलाई सहज आवत जावतका लागि डिभाईडर हटाईएको अवस्थालाई कोहि कसैले इगोको रुपमा लिई राजनैतिक प्रतिशोध गरे विद्यार्थीहरुले आन्दोलनकै बलबाट तह लगाउने समेत चेतावनी दिएका छन ।

भिडियो

  • १५ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech