२० भाद्र २०८३, शनिबार

आज नेपालगञ्ज उपमहानगरका सवै सेवा ठप्प हुने
  • न्युज मानसराेवर

नेपालगञ्ज: आज नेपालगञ्ज उपमहानगरपालिकाको सेवा बन्द हुने भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष सराफत हुसेन शेषले अबाञ्छित क्रियाकलाप गरेको भन्दै सम्पूर्ण कर्मचारीहरुले नेपालगञ्ज उपमहानगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालयहरुमा सेवा बन्द गर्ने घोषणा गरेका हुन ।

वडा अध्यक्ष शेषमाथि कडा भन्दा कडा कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि नबढ्दासम्म कर्मचारीहरुले अत्याबश्यक बाहेक सबै सेवा ठप्प पार्ने घोषणा गरेका हुन् । सम्पूर्ण कर्मचारीहरुका तर्फबाट मंगलवार साँझ जारी संयुक्त प्रेस विज्ञप्तीमा वडा अध्यक्ष सराफतले दिउँसो उपमहानगरपालिका कार्यालयमा प्रवेश गरी विभिन्न शाखाका कर्मचारीलाई धम्क्याउने, अपशब्द प्रयोग गर्ने, नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत प्रवेश गरी अभद्र ब्यवहार गरेको घटनाको घोर भत्र्सना गरिएको छ ।

जनप्रतिनिधि एवम् कर्मचारीलाई झुठो लाञ्छना लगाउने, मानमर्दन हुने गरी अबाञ्छित क्रियाकलाप गर्ने जस्ता कार्य अति नै निन्दनीय भएको भन्दै कर्मचारीहरुले कडा कारबाहीको माग गरेका छन् । यस्ता क्रियाकलापले कर्मचारीलाई काम गर्ने वातावरण नहुने भन्दै उनीहरुले प्रचलित कानुन बमोजिम कारबाही हुनुपर्ने माग गरेका हुन् ।

  • १६ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech