२१ बैशाख २०८१, शुक्रबार

बैजनाथको सामाजिक महिला उद्यमि सहकारी महिला र किसानका लागि वरदान

महिलाहरुलाई आत्मनिर्भर वनाउन साना साना वचतहरुलाई एकिकृत गरि छरिएर रहेको पुजि सदुपयोग

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: देशमै वचतकर्ताकालागि बदनामि कमाएका अधिकांस सहकारीहरुको भिडमा बैजनाथ ४ सुतैयामा रहेको बैजनाथ सामाजिक उद्यमि महिला सहकारी भने बैजनाथका १ देखि ४ वडा सम्मका महिला तथा किसानकालागि भने वरदान सावित हुदै गएको छ । आर्थिक बर्ष ०७७/र ०७८ मा बैजनाथ गाउपालिकामा विधिवत दर्ता भएको यस सहकारीलाई शुरुवाति दिनहरुमा हेफर इन्टरनेशनलले प्राबिधिक तथा आर्थिक सहयोग गर्दै महिला तथा किसानहरुलाई एकिकृत गर्ने, उनीहरुका घर आँगनमा पुगि सचेतनाका कार्यक्रम गर्दै बाख्रा पालन ब्यबसायमा आर्कषित गर्ने सम्म गरेको थियो ।

खोर निर्माण देखि बाख्रा वितरण गर्दै ब्यबसायिकतातर्फ उन्मुख गराएपछि हेफर ईन्टरनेशनलले उनीहरुलाई विधिवत सहकारीमा गोलबद्ध गराउदै निरन्तरताको लागि महिला उद्यमि तथा किसानहरुको कृषि उपज खरिद बिक्रि सहजताकालागि २४ लाख बरावरको पिकअप भ्यान समेत अनुदानमा प्रदान गरेको सहकारीका अध्यक्ष कमला बुढा बताउछिन ।

करिवन १ हजार सात सय महिलाहरु आबद्ध रहेको यस सहकारीले आफना सदस्यहरुले उत्पादन गरेको कृषि उपज, खसि बाख्रा खरिद बिक्रि तथा वजारिकरणको ब्यबस्थाका अलावा उनीहरुलाई उन्नतजातका वोका, अन्य विउविजन समेत उपलब्ध गराउदै महिला उद्यमिहरुलाई वजार सम्मको पहुच पुरयाउदै आएको छ ।

हेफरले महिलाहरुको बिभिन्न ८३ समुहलाई सर्पोट गर्दै खोर निर्माण,बाख्रा वितरण, डाले घाँसका विउ वितरण देखि लघुवित्तको कार्यक्रम मोडेलमा समेत गोलबद्ध गराईदिएपछि आजभोलि सहकारीले आफना सदस्यहरुमाझ लघुबित्तको कार्यक्रम समेत लन्च गरेको छ । २५ देखि ३० जना सम्मको समुहमा महिलाहरुलाई आवद्ध वनाई लघुवित्त मार्फत आफना सदस्यहरुलाई १२ प्रतिशतमै कर्जा उपलब्ध गराउदै आएको सहकारीले जम्मा ८३ समुह मार्फत लघुवित्तको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

महिलाहरुलाई आत्मनिर्भर वनाउन साना साना वचतहरुलाई एकिकृत गरि छरिएर रहेको पुजि सदुपयोग गर्ने सहकारीको सिद्धान्तलाई अंगिकार गरेको सहकारीले आर्थिक बजारमा चर्को ब्याजदरमा कर्जा प्रवाह गरिरहेको सन्दर्भमा १२ प्रतिशतमै कर्जा प्रवाह हुन निकै सस्तो र सहुलिएत दर भएको वताउछन बैजनाथ गाउपालिकाका पुर्व अध्यक्ष मान वहादुर रुचाल ।

सदस्यमैत्रि सहकारी, मितब्ययिता अपनाई खर्चको लेखाजोखा गर्न सके किसान महिलाहरुले पनि सहकारी हाँक्न सक्ने भन्दै पुर्व अध्यक्ष रुचालले कुनै पनि घरको संबृद्धि चाहने हो भने उक्त घरका महिलाहरु आत्मनिर्भर र आर्थिक अबस्थामा सवलिकरण हुनैपर्ने धारणा राख्दछन । २७ लाख ७१ हजार शेयर पुजि भएको बैजनाथ सामाजिक उद्यमि महिला सहकारीको चाल आर्थिक बर्षको पौष मसान्तमा ८० लाख बढि उठाउन बाँकि कर्जा रहेको छ भने भाखा नाघेको कर्जा शुन्य रहेको सहकारीका अध्यक्ष बुढाको दावि रहेको छ ।

अपांग ९, दलित १७४ जनजाती ५६४ र अन्य ९२८ महिलाहरु आबद्ध रहेको यस सहकारीमा वचत भने ४८ लाख ५५ हजार रहेको छ ।
बचत र कर्जा अनुपात ६ प्रतिशत रहेको यस सहकारीले आफना सदस्यहरुलाई समुह जनानतमा बचतको १० गुणा सम्म परियोजनाको औचित्यका आधारमा कर्जा प्रवाह गर्ने गरेको छ ।

सहकारीका माध्यमबाट आफना सदस्यहरुलाई उन्नत पशुपालन , आधुनिक तथा ब्यबसायिक तरकारी खेतीका निम्ति लगानि गर्ने गरेको छ भने उनीहरुका उत्पादनलार्य सहजै वजार पहुचको ब्यबस्था गरेको छ । गत आर्थिक बर्षमा किसानका घर आँगनबाटै आफनै सवारी साधनको प्रयोग गरि २६ लाख ११ हजार वरावरका उनीहरुका खसिबोका खरिद गरि वजारीकरण गर्न सहजता तुल्याएको वताउछिन ऋण उप समिती संयोजक लिला चन्द शाहि ।

सहकारी वजारमा सहकारीहरु बेग्रेल्ति खुल्ने र उद्धेश्य जुन सुकै भएपनि बचत उठाउने र ऋणको मात्र कारोवार गर्ने गरिरहेको सन्दर्भमा यस महिला उद्यमि सहकारीले आफनो प्रबन्ध पत्र र निमावलिको मर्म अनुरुप अगाडि बढदै महिलाहरुलाई उद्यमितर्फ उन्मुख गराउदै लगेको समेत शाहिको दावि छ ।

हेफर ईन्टरनेसनलको प्राविधिक सहयोग र उत्पिडित सामुदायिक विकास केन्द्र ओसिडिसिको सहजिकरणमा समुदाय स्तरका महिलाहरुलाई शसक्तिकरण गराउने अभियान अन्तरगत सहकारीमा परिणत भएको यस सहकारीमा सञ्चालकिय स्वयत्तता रहेको छ भने यस सहकारीको जम्मा सम्पत्ति करिवन ९८ लाख ८० हजार रहेको छ ।

आर्थिक तरलताले कारोवारको आयातनलाई खासै लक्ष्य अनुरुप अगाडि बढाउन नसकेको स्विकार्दै सहकारीका कोषाध्यक्ष सिता कुमारी थारुले चालु बर्षमा आर्थिक गतिविधि चलायमान भएसंगै आफनो कारोवारको आयातन समेत तन्किने विश्वास ब्यक्त गर्छिन । स्थापनाको छोटो समयमै नाफामा उछाल मारेको यस सहकारीले आफना बिभिन्न कोषहरुमा ४ लाख बढि प्रोभिजन गरिसकेको छ । ५ जना कर्मचारी परिचालन गरि कार्यक्रमलाई बैजनाथका १ देखि ४ सम्म विस्तार गरेको छ भने सहकारीको पल्सरेट समेत सन्तोषजनक रहेको पाईन्छ ।

  • १६ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech