२० भाद्र २०८३, शनिबार

बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख ढकाललाई कालोमोसो र दुर्व्यवहार
  • न्युज मानसराेवर

बर्दिया:बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कर्णाली प्रदेश समितिले बुधबार कालो मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकमा कार्यालय आउने क्रममा सो पालिकाको भोलागौढी नजिक केही युवाले कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिनुभएको छ ।

धितालका अनुसार कर्णाली प्रदेश ६ नम्बर प्रदेश समितिले ढकाल माथि भ्रष्टाचार, अनियमिता, आफु अनुकुल अडिटर विद्यालय पठाउने र कमिशन लिने गरेको तथा प्रधानाध्यापकहरुबाट दबाबपुर्ण ढंगले भत्ता उठाउने लगायत गलत कार्य गरेको भन्दै दुर्व्यवहार गरेको जनाइएको छ ।

शिक्षा शाखा प्रमुख ढकालले भने नियमित रुपमा क्रान्तिकारीले चन्दा माग लगायत अनावश्यक दुःख दिने मनसायका माग राख्दै आएको बताउनु भएको छ ।दुर्व्यवहार गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न खोजी कार्य तीब्र पारेको प्रहरी उपरीक्षक धितालले जानकारी दिनुभएको छ ।

  • १६ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech