२१ बैशाख २०८१, शुक्रबार

शिक्षा,संस्कृती, नैतिकताको त्रिबेणी दिव्य विद्या (भिडियो)

बिभिन्न क्षेत्र, लिङ्ग,सिमन्तकृत वर्ग, कला, संस्कृती, धर्म, जातजाती झल्काउने टयालेन्ट हन्ट प्रर्दशन

  • प्रमोद रिजाल

कोहलपुर,बाँके:चिटिक्क परेका परिको आभाष दिने स साना नानीहरु स्वागतका निम्ति लस्करै प्रबेशद्धारमा उभिएका थिए । प्यास, अत्याहास र अट्टहासको कुनै प्रवाह थिएन । लगातार यसरी उभिएर आगन्तुकहरुलाई सत्कारमा जुटेका यी नानीहरुको कलिला ओठहरुमा भने पानीको मात्रा कम हुदै गएको आभाष दिन्थ्यो । र पनि आफनो आज विशेष दिन रत्तिभरी आलस्यता र थकाईको महशुस गरेका थिएनन ती कलिला नयनहरुले । नेपथ्यमा सुमुधुर गित बजिरहेका थिए । कहिले बाल सुलभ गित गुञ्जिन्थे त कतिवेला आफै नाचु नाचु हुने । उनीहरु नचाहेर पनि आफनो कम्मर मर्काउदा आगन्तुकहरु फिस्स हास्थे नानीहरु लजाउथे ।

न्यानो सत्कार छिचोलेका अतिथीहरु बिज्ञान र ज्ञानको संगम स्थल हुदै मञ्चतिर जाने गोरेटो तिर आफना पदचापहरु लम्काई रहदा बाटोमा मिसाईल सहितको बिज्ञान, बिभिन्न कलात्मक प्रर्दशनिले अतिथीहरुको पाईलालाई एक पटक रोकेर एकोहोरो बनाउथ्यो र पनि उनीहरु गन्तब्य तिर जाँदै गर्दा भ्यु टावर,स्वयम्भू, युद्ध अस्त्रशस्त्रका साथै अन्य विभिन्न सामग्री र दुना टपरी एबं बातिले नेपाली संस्कृतीलाई टपक्क टिपेको देख्न सकिन्थ्यो ।  स्टेजमा भएका सांस्कृतीक खुराक , नाटक, क्यारिकेचर एबं ट्यालेन्ट हन्ट शो को भरपुर मनोरन्जनले उनीहरुको गन्तब्यलाई बिश्राम लिन बाध्य पारेको सहजै अनुमान गर्न सकिन्थ्यो ।

झट्ट सुन्दा नाट्य घरमा मञ्चन भएको कुनै अलौकिक कथाको नाटक जस्तो आभाष दिने यो कलात्मक शिल्पि भने आज विहिवार बाँकेको कोहलपुर ६ मा रहेको दिव्य विद्या सदनको बार्षिक उत्सव तथा बिज्ञान प्रर्दशनि एबं अभिभावक भेलाको परिदृश्य थियो यो । परिदृश्यले दिव्य विद्या सदन शिक्षा,संस्कृती रनैतिकताको त्रिबेणी बन्दै गएको बुझन सकिन्थ्यो ।

१८ औं बार्षिक उत्सव मनाउदै गरेको दिब्य विद्या सदनले आफनो विद्यालयमा अध्यनरत वाल वालिकाहरुले उनीहरुकै चाहना बमोजिम कला, विज्ञान एबं सांस्कृतिक कार्यक्रमको आयोजना गरेर बार्षिक उत्सव एबं अभिभावक भेला सम्पन्न गरेको छ । बार्षिक रुपमा गत शैक्षिक शत्रमा विद्यालयमा विभिन्न विधामा सर्वोत्कृष्ठ विद्यार्थीहरु तथा शिक्षकहरुलाई समेत सम्मान गरेको विद्यालयले २०७९ का लागि सन्देश चन्दलाई ‘बेष्ट स्टुडेन्ट अफ द इएरको अर्वाड’ प्रदान गरेको छ ।

विद्यार्थीको मुल्यांकन गरेको विद्यालयले शिक्षक शिक्षिकाहरुको समेत मुल्यांकन गर्न पछि परेन । २०७९ का लागि बेष्ट टिचरमा गणेश रेग्मी र पुनम वोहरालाई घोषणा गर्दै विद्यालयले उनीहरुलाई सोहि समारेहमा सम्मान समेत गरेको छ । बिभिन्न क्षेत्र, लिङ्ग,सिमन्तकृत वर्ग, कला, संस्कृती, धर्म, जातजाती झल्काउने टयालेन्ट हन्ट प्रर्दशन गर्दै वालवालिकाहरुले दर्शकदिघाका अभिभावक विद्यार्थी, शिक्षक तथा अतिथीहरुको ध्यान खिच्न सफल भए भने सांस्कृतीक प्रस्तुतीले मन्त्रमुग्ध समेत पारेका थिए ।

औपचारीक कार्यक्रमलाई उदघाटन तथा सम्वोधन गर्दै कोहलपुर नगरपालिकाका कार्यवहाक मेयर संगिता सुबेदीले दिव्य विद्या सदनले वालवालिकाहरुलाई दिव्य ज्ञान दिएर विद्यालयले आफनो छुट्टै पहिचान कायम गर्न सकेको उल्लेख गरेन । सामुदायिक विद्यालयमा हुने बार्षिक उत्सवमा अभिभावकहरुलाई कुनै चासो र सरोकार नहुने विकसित परिपाटिलाई चिर्दै संस्थागत विद्यालयमा उपस्थित हुने अभिभावकले आफना वालवालिहरुको शिक्षा प्रति देखाएको लगावलाई मुक्त कण्ठले प्रशंसा गरिन ।

‘जस्तो वातावरणमा वालक हुर्कन्छ उस्को जिवन त्यस्तै बन्छ’ भन्दै कार्यबहाक मेयर सुबेदीले पहिलो पाठशाला घर र दास्रो पाठशाला विद्यालयमा वालवालिकाहरुलाई रचनात्मक र यर्थात सिकाई सिकाउनुपर्ने भन्दै उनीहरुले सिकेको शिक्षालाई ब्यबहारमा उतार्न समेत सिकाउनुपर्नेमा जोड दिईन । सकारात्मक एजेण्डाहरु लिएर आएमा स्थानिय सरकारका हैसियतले नगरपालिकाले शिक्षा क्षेत्रमा केहि कसुर वाँकी नराख्ने बताएकी कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी सुवेदीले चालु बर्षमा सबै भन्दा बढि बजेट शिक्षा क्षेत्रमा नै विनियोजन गरेको जिकिर गरिन ।

संस्थागत विद्यालयले सामुदायिक विद्यालयको शैक्षिक स्तर उठाउन शिक्षाको गुणस्तरलाई नि सन्देशह सर्पोट गर्नुपर्ने भन्दै सुवेदी भन्छिन ”सामाजिक उत्तरदायित्व वहन गर्ने नाममा प्रतिफल रहित काम गर्नु भन्दा सामुदायिक विद्यालयको शैक्षिक श्रीबृद्धिमा हातेमालो गर्नु कयौ गुणा सामाजि काम हुनेछ” । हामी सामाजिक उत्तरदायित्वलाई नगद तथा जिन्सिसंगमात्र तुलना गछौं तर शैक्षिक अभियान पनि सामाजिक उत्तर दायित्व नै भएको संस्थागत विद्यालयहरुले बुझन जरुर छ सुवेदीको भनाई रहेको छ ।

विद्यालयले आफुले चाहेर हैन विद्यार्थीको चाहना र रुचि बमोजिम विद्यार्थीहरुलाई शिक्षा दिनुपर्ने बताएकी कार्यबहाक नगर प्रमुख सुवेदीले समय सुहाउदो शैक्षिक गतिविधिमा विद्यालय लाग्नेमा आफु विश्वस्त रहेको जिकिर गरिन ।

कार्यक्रममा कोहलपुर नगर पालिका नगर कार्यपालिका सामाजिक विकास समिती संयोजक ईश्वरी विश्वकर्मा, एन प्याब्सनका केन्द्रिय सदस्य श्याम कुवरले समेत शिक्षा क्षेत्रमा निजि क्षेत्रले पुरयाएको योगदान बारे चर्चा गरेका थिए ।

विद्यालयका प्रिन्सिपल नारायण पंगेनिले विद्यालयको आफनो सार्मथ्य, स्रोत साधन परिचालन गरि आफना वालवालिकाहरुलाई नैतिकवान, अनुशासित र कर्तब्यपालक बन्ने खाले शिक्षाका अलावा ब्यबहारिक ज्ञान शिप र बैज्ञानिक शिक्षालाई जोड दिंदै आएको बताउदै विद्यालयले आफना वाल वालिकाको सुनौलो भविष्यका निम्ति जुनसुकै मुल्य चुकाएर भएपनि हरेक क्षेत्रमा अब्बल वनाउने गरि प्रयासरत रहेको जिकिर गरे ।

विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा आयोजित विद्यालयको १८ औं बार्षिक उत्सव तथा बिज्ञान प्रर्दशनि एबं अभिभावक भेला कार्यक्रमको सञ्चालन शिक्षकद्धय गणेश पौडेल र डिलु कुमारी बुढाथोकिले गरेका थिए भने उपस्थित महानुभावहरुलाई विद्यालय ब्यबस्थापनका समितीका सदस्य  धर्मराज उपाध्यायले स्वागत गरेका थिए । हाल ५ सय आठ जना अध्यनरत विद्यालयको बार्षिक उत्सव कार्यक्रममा विद्यालयका अभिभावक, निजि तथा आवासिय विद्यालयका छाता संगठनका प्रतिनिधिहरु, बिभिन्न शैक्षिक ब्यक्तित्व, जनप्रतिनिधि, शेयर सदस्य विद्यार्थी तथा शिक्षकहरुको उपस्तिथी रहेको थियो ।

भिडियो-१ 

भिडियो – २

  • १७ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech