२१ भाद्र २०८३, आईतवार

विहिवार सम्म बाँकेमा ९४.६ प्रतिशतले लगाए दादुरा रुवेला खोप

कोहलपुरमा १३०.६ प्रतिशत, खजुरामा ११०.९ प्रतिशत तथा बैजनाथमा १०२.५ प्रतिशत खोप लगाईयो

  • न्युज मानसराेवर

नेपालगञ्ज:  बाँकेमा पाँच दिनको अवधिमा ९४.६ प्रतिशत बालबालिकाले दादुरा–रुबेला रोग विरुद्धको खोप लगाएका छन् । फाल्गुन १३ देखि चलेको खोप अभियान अन्तर्गत आज पाँचौं दिनसम्म दिनसम्म १ लाख ४६ हजार ६ सय १० जना बालबालिका अर्थात ९४.६ प्रतिशतले खोप लगाएका हुन् ।

बाँकेमा कूल १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । हालसम्म खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा लक्ष्य भन्दा बढी अर्थात कोहलपुरमा १३०.६ प्रतिशत, खजुरामा ११०.९ प्रतिशत तथा बैजनाथमा १०२.५ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

यस्तै राप्तीसोनारी गाउँपालिकामा ९६.७ र डुडुवा गाउँपालिकामा ९५.५ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले बताए । यता नेपालगञ्जमा ७७.२ र जानकीमा ७६.८ प्रतिशत बालबालिकाले दादुरा-रुबेला विरुद्धको खोप लगाएका छन् । उता नरैनापुरमा ६२.८ प्रतिशतले खोप लगाएका छन् ।

९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । खोप अभियान फाल्गुन ३० गतेसम्म जारी रहनेछ ।

  • १८ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech