जाजरकोट: कोहलपुर नगरपालिकाका युवाहरुले जाजरकोट भुकम्प पिडितहरुलाई राहत सामाग्रि वितरण गरेका छन । भिम बहदुर रोकाय, पुरूषोत्तम शर्मा, विजय आचार्य, जेम्स मुर्मू, विमल वली, विकास न्यौपाने, गौरव सुबेदी लगाएतका युवाहरुले राम जानकी पुस्तक पसल र एम लाईफ कन्सल्टेन्सिको सहयोगमा आफनो खाजा खर्च समेत कटाएर रुकुम पश्चिम जिल्लाको आठठविसकोट नगरपालिका वडा नंः१३ र १४ का भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्रीहरु वितरण गरेका हुन ।

तक्षशिला बाँकेका शिक्षक समेत रहेका पुरूषोत्तम शर्माले भूकम्प पीडित विद्यार्थीलाई जनविकास मा. वि. टाकुराका प्रधानाध्यापक दिपक सगंम थापाको सहजिकरणमा शैक्षिक सामाग्री वितरण गरेको टोलिमा संलग्न गौरव सुवेदिले न्युज मानसरोवरलाई जानकारी दिएका छन ।
युवा टोलीले विभिन्न १२ वटा विद्यालयका करिब १ हजार प्रभावित विद्यार्थीलाई कापी, कलम, पेन्सील,इरेजर, सापनर, चेस, शब्दकोष, नेपालको झण्डा भलिवलको नेट, भलिवल तथा साना बालबालिकाहरूका लागि खेल सामाग्री लगायतका शैक्षिक सामग्रीहरू उपलब्ध गराएको बताईएको छ ।

राहत सामाग्रि वितरण गर्दै शिक्षक पुरूषोत्तम शर्माले अभिभावक गुमाएका र विपन्न समुदायका विद्यार्थीका लागि राहत पुगोस् भन्ने उद्देश्यले यसरी सहयोग गरिएको जानकारी दिए । ६ जना शिक्षक तथा युवाहरुले भूकम्पका कारण शैक्षिक भविष्य जोखिममा परेका विद्यार्थीलाई सहयोग गर्ने मुल उद्देश्य बोकेर जाजरकोट भुकम्प पिडित क्षेत्र रुकुम पश्चिम पुगेर थोरै भएपनि राहत वितरण गर्दा आत्मसन्तुष्टि मिलेको प्रतिक्रिया ब्यक्त गरेका छन ।










