२१ भाद्र २०८३, आईतवार

फियानको बैजनाथमा खाद्य अधिकारका लागि अन्तरक्रिया
  • न्युज मानसराेवर

बैजनाथ,बाँके: बाँकेको बैजनाथमा पालिका स्तरीय खाद्य अधिकार सञ्जाल तथा खाद्य अधिारका लागि अभियान थाल्ने फियान नेपाल विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बैजनाथमा पालिका स्तरीय खाद्य अधिकार सञ्जालकी संयोजक एकता शाहको अध्यक्षतामा तथा फियानका लुम्विनी प्रदेश संयोजक सुरेश गौतमको अतिथ्यतामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश भुमिहिन किसानहरुले आफुले राज्यबाट पाउने खाद्य अधिकारबाट बञ्चित हुनुपरेको बताएका छन ।

उनीहरुले आफुले अधिया बटैया गरेर खेतीमा लगानि गर्ने गरेको तर दैवि प्रकोपबाट वालिनाली नष्ट भएपछि सरकारले लालपुर्जा खोज्दा आफुहरुले क्षतिपुर्ति समेत पाउन नसकेको गुणासो गरेका छन ।

अति बृष्टि हुदा धान वालि नष्ट भएका भुमिहिन किसानहरुले पालिकाबाट राहत पाउन नसकेको भन्दै केहि टाठा बाठाहरुले भने राहत पाएको बताए । स्थानिय तहमा खाद्य अधिकार सुनिश्चितताका लागि अपाङ्ग, महिला तथा पछाडि पारिएका लिङ्ग बर्गका समेत आवाजहरु समेटि नियम कानुन वनाई उनीहरुको खाद्य अधिकार सुनिश्चित गर्नुपर्ने धारणा समेत खाद्य अधिकार सञ्जाल बैजनाथले तय गरेको छ ।

फियान नेपाल लुम्विनी प्रदेश संयोजक सुरेश गौतमले खाद्यान्न उत्पादन भएर मात्र नहुने भन्दै बाँकेको बघौडा क्षेत्रमा उत्पादनमा कमि छैन तर लुम्विनी प्रदेशमै सवै भन्दा कुपोषितको संख्या त्यहि भएको चर्चा गरे । उनले खाद्यान्न भएपनि उपभोग गर्न नजान्नु, उपभोगमा पहुच नहुनु र उपभोग्य बस्तु लिन जान नै नसक्नु मुख्य कारक रहेको उल्लेख गर्दै यस्ता सवालहरु गाँउ वस्तिहरुबाट समेटि तिनै तहका सरकारको ध्यानाकर्षण गराउनुपर्ने बेला आएको उल्लेख गरे ।

नेपालमा खाद्य सुनिश्चितता सम्वन्धि वकालत पैरवि गर्दै आएको फियान नेपाल गैर सरकारी संस्था नभएर एक किसिममको लुज फोरम रहेको समेत उक्त अन्तरक्रिया तथा विभिन्न जिल्लामा अनुगमणका निम्ति आएका फियान नेपालका केन्द्रिय अभियान्ताहरुले जिकिर गरेका छन ।

 

  • २५ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech