कोहलपुर,बाँके: महिलाहरुको आर्थिक स्तर माथि उकास्ने हेतुले महिला उपकार मन्चद्धारा संचालन गरेको ४५ दिने हाते बुनाई होजियारी तालिमको समापन गरिएको छ । महिला उपकार मञ्च कोहलपुरको आयोजनामा ४५ दिनदेखि सन्चालनमा रहेको तालिम बिहीवार कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनाईएको छ।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले तालिममा सिकेका कुरालाई व्यवहारीक रुपमा उतार्न आग्रह गरेका छन । उनले कोहलपुर नगरपालिकाले महिलाहरुका लागि बिभिन्न तालिम सञ्चालन गर्दै आयआर्जनको लागि सहयोग गर्दै आइरहेको र आगामि दिनमा पनि नगरपालिकाको भरपुर साथ सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे । मेयर आचार्यले महिलाले सञ्चालन गर्ने उद्योगले महिला आत्मनिर्भर हुनु मात्र नभएर मुलुकको आर्थिक संमृद्धिमा समेत टेवा मिल्ने धारणा व्यक्त गरे ।

४५ दिनसम्म आवासिय रुपमा महिलाहरुलाई न्युन शुल्कमा तालिम दिएर आफैमा आत्मनिर्भर बन्न सिकाउने प्रशिक्षक रचना सुवेदीलाई धन्यबाद दिदै संस्थाका अध्यक्ष चन्द्रकला न्यौपानेले ४५ दिनको तालिमले महिलाहरुलाई आफैले केहि गर्न सक्ने भएको औंल्याउदै आगामि दिनमा उनीहरुले सिकेको सिपलाई स्थानिय सरकारले स्वामित्व ग्रहण गर्दै अवसर प्रदान गर्नुपर्ने धारणा ब्यक्त गरिन। संस्थाले स्थापना कालदेखि सामाजिक क्षेत्रमा धेरै काम गर्दै आइरहेको र अबका दिनमा पनि निरन्तर महिलाहरुलाई आर्थिक रुपमा सम्पन्नशालि बनाउन लागिपर्ने बताईन । महिलाहरुले ईच्छा, चाहानाका साथसाथै धैर्य र लगनशिलतापुर्वक अघि वढन सके सफलता हात पार्न सकिने उनको थप कथन रहेको छ ।

तालिममा कोहलपुर नगरपालिका भित्रका २३ जना महिलाहरुले ४५ दिनको अबधिमा टोपी, गलबन्दी, स्वेटर, पञ्जा, मोजा, रुमाल, टेवुल पोस , लगायतका हस्तकलाका सामग्री बनाउन सिकेका थिए।

समापन कार्यक्रममा लुम्बिनी प्रदेशकि पुर्व कृषिमन्त्री आरति पौडेल, उपकार लघुबित्त बित्तीय सस्थाकि अध्यक्ष शान्ति ढकाल , महिला उपकार मन्चकि पुर्व अध्यक्ष एवम् सल्लाहकार बिजुला अधिकारी , बैजनाथ गाउँपालिकाकि पुर्व उपाध्यक्ष शारदा बिश्वकर्मा, घरेलु महासंघ कोहलपुरका अध्यक्ष हेम बिक्रम जिसि , सदस्य बसन्त क्षेत्री लगायको उपस्थिति रहेको थियो।










