२१ भाद्र २०८३, आईतवार

गुरुकुलले मनायो आफनो आठौं बार्षिक उत्सव
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. ५ मा रहेको गुरुकुल शिक्षा सदनले आफनो आठौं बार्षिक उत्सव एक कार्यक्रमका विच भब्य रुपमा सम्पन्न गरेको छ ।

कोहलपुर नगरपालिकाका सामाजिक विकास समिती संयोजक ईश्वरी प्रसाद वि.क. को प्रमुख अतिथ्यता तथा नगर शिक्षा प्रमुख राम बहादुर हमालको बिशिष्ट आतिथ्यतामा सम्पन्न बार्षिक उत्सवमा प्रमुख अतिथी ईश्वरी प्रसाद वि.क.ले शैक्षिक हवका रुपमा विकसित हुदै गएको कोहलपुर नगरमा अव संस्कार सहितको शिक्षा हुनुपर्नेमा जोड दिए ।

उनले वालवालिकाहरुलाई घोकन्ते शिक्षाले मात्र सक्षम नवनाउने भन्दै प्रयोगात्मक तथा ब्यबहारिक शिक्षा आजको आवश्यकता भई सकेको समेत जिकिर गरे ।

विद्यालयका कार्यकारी निर्देशक अमृत ढकालको अध्यक्षतामा आयोजित आठौं बार्षिक उत्सव कार्यक्रममा हाजिरी, अनुशासन लगाएत बिभिन्न बिधामा सर्वोत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कक्षा ५ सम्म सञ्चालित गुरुकुल विद्या सदनको स्तर बृद्धिका लागि आफुले सक्ने प्रयत्न गर्ने भन्दै वडा नं ५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले आफनो वडामा रहेका विद्यालयहरु स्तरिय हुनुपर्ने समेत बताएका छन ।

कृष्ण कुमारी पौडेलको स्वागत मन्तब्य संगै प्रारम्भ कार्यक्रममा विद्यार्थीहरुले आ आफनो सांस्कृतिक खुराकहरु प्रस्तुत गरेका थिए भने विद्यालयका प्रिन्सिपल सुवास ढकाल, अभिभावक मदन लम्साल लगाएतका ब्यक्तिहरुले विद्यालयको वारेमा आ आफनो धारणा राखेका थिए ।

  • २७ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech