१५ बैशाख २०८१, शनिबार

नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जना शम्सेरगंजबाट पक्राउ
  • न्युज मानसराेवर

राप्तिसोनारी:राप्तिसोनारी गाउँपालिका-८ शम्सेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी शम्सेरगंजबाट खटिएको प्रहरीले भे ९ प ५८४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

  • १ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech