बुटवल\बुद्ध जन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरूको धम्मयात्रा सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले शनिबारदेखि धम्मयात्रा सुरु गरेका हुन् । यात्रा शनिबारदेखि आतबारसम्म हुनेछ ।
लुम्बिनीबाट सुरु भएको धम्मयात्रा शनिबार भैरहवामा र आइतबार नवलपरासीको रामग्राममा गरिनेछ ।
फागुन १६ गतेदेखि १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो । भिक्षुहरूको जीवनमा धम्मयात्रालाई निकै महत्त्वपूर्ण मानिने र समुदाय तहसम्म बौद्ध शिक्षालाई पुर्याउने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताएका जानकारी गराएका छन।










