२० भाद्र २०८३, शनिबार

लक्ष्मि माविमा भ्रष्टाचार भएको भनिएको घटनाप्रति अखिल क्रान्तिकारीको गम्भिर चासो
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय कोहलपुर २ बाँकेमा आर्थिक बर्ष २०७५/०७६ र २०७६/०७७ मा त्यहाँका तत्कालिन प्रअद्वारा ब्यापक आर्थिक अनियमिता भएको आम संचार माध्यममा आएको समाचार प्रति अखिल क्रान्तिकारीले आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अखिल क्रान्तिकारीले हाम्रो संगठन अखिल क्रान्तिकारी जिल्ला समिति बाँकेको गम्भिर ध्यानाकर्षण भएको भन्दै गत माघ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज बाँकेमा दर्ता भएको भनिएको उक्त उजुरी हालसम्म पनि छानबिन नहुनु संकास्पद तथा दु:खद ढिला सुस्ति र राजनितिक ढाकछोप भएको ठहर गर्दै तत्काल छानबिन गरि दोषिलाई कानुन सम्वत कार्बाहि गर्न सम्बन्धित सरोकारवाला निकायलाई जोडदार माग गरेको छ ।

कुनै पनि बाहानामा मुद्दाको सुनुवाई ढिला सुस्ति गरिएको खण्डमा हाम्रो संगठन अखिल क्रान्तिकारी जिल्ला समिति बाँके चरणबद्द आन्दोलनको घोषणा गर्न बाध्य हुनेकुरा जानकारी सहित उक्त आन्दोलनबाट उत्पन्न हुने सम्पुर्ण क्षतिको जिम्मेवारी सम्बन्धित सरोकारवाला निकायले लिनुपर्ने जानकारी समेत अखिल क्रान्तिकारीले चेतावनि समेत दिएको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष महेस वस्नेत र सचिव सुनिल वटालाद्धारा संयुक्त रुपमा प्रकासित प्रेस विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

 

  • ४ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech