१५ बैशाख २०८१, शनिबार

कानून, न्याय तथा मानवअधिकार समितिद्वारा कारागार र बालसुधार गृह अनुगमन
  • न्युज मानसराेवर

नेपालगञ्ज  : प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बाँकेमा रहेका कारागार र बालसुधार गृहको स्थलगत अनुगमन गरेको छ । सो टोलीले अनुगमन गरी बालसुधार गृह प्रशाशन, कारगार प्रशासन, कैदिबन्दी, बालविज्याईकर्ता लगायतसंग अन्तरक्रिया गरी अवस्था बुझेको थियो ।

कानून, न्याय तथा मानवअधिकार समितिका सभापति सुवेदीले देशभरका बालसुधार गृह र कारागारको अवस्थाको बारेमा स्थलगत अनुगमन र अन्तरक्रिया गरी सुझाव संकलन गर्न ३ वटा टोलि परिचालित भएको बताईन ।

उनले कारागार कार्यालय बाँके नेपालगञ्ज तथा जयन्दु बालसुधार गृहमा क्षमता भन्दा बढी कैदीबन्दी थुनुवा र बालविज्याईकर्ता रहेको पाईएको बताउदै अनुगमनको क्रममा कारागार र बालसुधार गृहमा मानव अधिकारको अवस्था, गर्नुपर्ने नीतिगत सुधारलगायतका विषयमा सुझाव संकलन गरिएको बताईन ।

कारागार कार्यालय बाँकेमा ३ सय ५० क्षमताको रहेकोमा ८ सय ९६ जना कैदी बन्दी रहेका छन । यसैगरी बाल सुधार गृहमा १ सय ९० जनाको क्षमता रहे पनि २ सय ४० जना रहेका छन । क्षमता भन्दा अधिक कैदी बन्दी थुनुवा र बालविज्याईकर्ता रहदा उनीहरुको बसाई पनि अत्यन्तै नाजुक अवस्थामा रहेको पाईएको थियो ।

सो प्रतिनिधि मण्डलमा सभापति सुवेदीसहति चन्द्रबहादुर विश्वकर्मा, धु्रवबहादुर प्रधान, पूर्णबहादुर घर्ती, शेरबहादुर कुँवर सोविता गौतम, दिपा शर्मा, उपसचिव अधिराज राई कार्यलय सहायक सपना चौधरी लगायत रहेका छन् ।

बाँके कारागार कार्यालयका प्रशाशक अर्जुन जंग शाह र जयन्दु बालसुधार गृहका ईन्चार्ज बिमला काउचा मगरले आ–आफ्नो समस्याका बारेमा जानकारी गराएका थिए । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी प्रमुख सुभाष चन्द्र बोहरा, बाँके प्रहरी प्रवक्ता नारायाण डाँगी लगायतले आ–आफ्नो सुझाव दिएका थिए ।

  • १५ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech