१७ बैशाख २०८१, सोमबार

बाँकेमा साइकलले ठक्कर दिदा बृद्धको मृत्यु
  • न्युज मानसराेवर

 राप्ती सोनारी,बाँके:  बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.८ को भित्रि सडकखण्डमा साइकलको ठक्करबाट बृद्धको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं.८ का ६९ वर्षीय जुद्धबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती साढे ९ बजेतिर ओभरी गाउँतर्फबाट जिरो बजारतर्फ आउँदै गरेको साइकलले कुँवरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकल चालक स्थानीय १९ वर्षीय धनराज बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech